धरान उपमहानगरद्वारा ५ कक्षादेखि माथिकाहरुको परीक्षा लिन सुझाव | Khabarhub Khabarhub

धरान उपमहानगरद्वारा ५ कक्षादेखि माथिकाहरुको परीक्षा लिन सुझाव


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुनसरीको धरान उपमहानगरपालिकाले आगामी १८ गतेभित्र सक्ने गरी कक्षा ५ देखिमाथिका सबै कक्षाको मुख्य ५ विषयको परीक्षा लिने नगर क्षेत्रका विद्यालयलाई सुझाव दिएको छ ।

उपमहानगरपालिकाले सोमबार विज्ञप्ति जारी गर्दै कक्षा ५ देखि माथिका कक्षाको नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयको परीक्षा लिने जनाएको हो । परीक्षा सञ्चालन गर्दा विद्यालयहरुले स्वास्थ्य सुरक्षालाई पनि कडाइका साथ पालना गर्नुपर्ने भनिएको छ ।

त्यस्तै कक्षा ५ भन्दा तल्ला कक्षामा भने सबै विषयको नतिजा आन्तरिक मूल्यांकनका आधारमा गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
शैक्षिक संस्थाहरुमा परीक्षा बाहेक अन्य क्रियाकलाप गर्न नपाइने पनि उपमहानगरपालिकाले बताएको छ ।

यस्तो छ विज्ञप्ति

 

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १० : ३० बजे

आज विश्व बिरामी सुरक्षा दिवस मनाइँदै

काठमाडौं– आज विश्वभर विश्व बिरामी सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी

देशभर मौसम बदली, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एसिया कप : अफगानिस्तानमाथि बंगलादेश ८ रनले विजयी

काठमाडौं – एसिया कपमा बंगलादेशले अफगानिस्तानमाथि ८ रनको जित निकालेको

आज विश्वकर्मा पूजा, वास्तु दिवस पनि मनाइँदै

काठमाडौं – आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय