मुलुकभरका सबै विद्यालय बन्द गर्ने सरकारको निर्णय | Khabarhub Khabarhub

मुलुकभरका सबै विद्यालय बन्द गर्ने सरकारको निर्णय


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले अर्को निर्णय नभएसम्म मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

‘यसअघि नै विद्यालय बन्द गर्ने निर्णय भइसकेको छ । भर्चुअल माध्यमबाट मात्रै कक्षा सञ्चालन गर्नू भन्ने निर्देशन पनि भइसकेकोमा सोही निर्णयलाई निरन्तरता दिएको हो,’ एक मन्त्रीले भने ।

त्यस्तै, सबै प्रकारका परीक्षा स्थगित गर्न सीसीएमसीले गरेको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त निर्णय लिएको एक मन्त्रीले जानकारी दिए । यसैगरी बैठकले कोरोना संक्रमण बढ्दै जाँदा सक्रिय संक्रमित संख्याको आधारमा निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।

सीसीएमसी बैठकको सिफारिस बमोजिम सरकारले पहाडी क्षेत्रमा २०० र शहरी क्षेत्रमा ५०० कोरोनाका सक्रिय संक्रमित नाघेमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको ती मन्त्रीले बताए ।

सिफारिसअनुसार पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० कोरोनाका सक्रिय संक्रमित नाघेमा स्थानीय प्रशासनले नै यससम्बन्धी आवश्यक निर्णय गर्ने जनाइएको छ ।

नेपाल ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने क्रम रोक्ने, विदेशबाट आउनेलाई १४ दिन क्वारेन्टाइनमा राख्ने लगायतका निर्णय गरेको समेत उनले जानकारी दिए ।

बैठकले आन्तरिक उडान भने तत्काल नरोक्ने निर्णय गरेको छ ।

‘अहिले स्वास्थ्य मापदण्डहरु पालना गरेर उडान यथावत सञ्चालन गर्ने कुरा भएको छ,’ उनले भने, ‘पछि आवश्यक पर्यो भने अर्को निर्णय लिन सकिन्छ ।’

सोमबार बसेको सीसीएमसी बैठकले सबै तहका परीक्षा स्थगन गर्नुका साथै सीमानाका बन्द गर्नुपर्ने, विदेशबाट आउने सबैलाई क्वारेन्टाइनमा राख्नुपर्ने लगायतका व्यवस्ता गर्न सरकारलाई सिफारिस गरेको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ९ : १० बजे

इजरायलमा ईरानको मिसाइल हमला सुरु

एजेन्सी – ईरानले इजरायलमा मिसाइल हमला थालेको छ । इजरायली

ईरानले ‘मिसाइल चेतावनी’ दिएलगत्तै बढ्यो तेलको मूल्य

एजेन्सी – ईरानले इजरायलमाथि मिसाइल प्रहार गर्ने चेतावनी दिएलगत्तै विश्वबजारमा

हिज्बुल्लाहले इजरायली एअरबेसमा दाग्यो मिसाइल

एजेन्सी – लेबनानको सशस्त्र कट्टरपन्थी लडाकु समूह हिज़्बुल्लाहले इजरायली एयरबेसमा

‘लेबनानमा रहेका सबै नेपाली सुरक्षित छन्‌’ : परराष्ट्र मन्त्रालय

काठमाडौं – परराष्ट्र मन्त्रालयले लेबनानमा रहेका सबै नेपाली सुरक्षित रहेको दाबी

दैवी प्रकोप उद्धार कोषमा साढे तीन करोड आर्थिक सहयोग

काठमाडौं – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै साढे तीन