जानकी मेडिकल कलेजलाई कोरोना विशेष अस्पताल बनाउने निर्णय | Khabarhub Khabarhub

जानकी मेडिकल कलेजलाई कोरोना विशेष अस्पताल बनाउने निर्णय


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- जानकी मेडिकल कलेज तथा शिक्षण अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय भएको छ ।

सोमबार रमदैया स्थित जानकी मेडिकल कलेजमा दुई सय शैय्याको कोरोना विशेष अस्पतालको रुपमा संचालनमा  ल्याउने निर्णय भएको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जिल्ला भित्रका सरकारी, अर्धसरकारी, निजि तथा समुदायिक अस्पताल र मेडिकल कलेजका प्रतिनिधिहरु संग भएको छलफलमा मेडिकल कलेजमा रहेको २ सय शैय्या (बेड)लाइ तत्काल कोभिड विशेष अस्पतालको रुपमा प्रयोग गरि संचालनमा ल्याउने निर्णय भएको जानकारी दिए ।

अस्पतालमा थप सेवा सुविधाको लागि प्रादेशिक अस्पताल, प्रदेश सरकार र संघिय सरकारसँग समनवय गर्ने निर्णयसमेत भएको छ ।

छलफलमा महामारी थप व्यापक कलेजको अस्पतालले न पुग्ने अवस्था आएमा निजि अस्पताल संघ धनुषाको सहाकार्यमा कुनै पनि निजी अस्पताललाई थप कोभिड डेडिकेटेड अस्पताल बनाउन सकिन निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बास्तोलाको भनाइ छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ८ : २५ बजे

अष्ट्रेलियाका सहरहरू प्राकृतिक विपत्तिको जोखिममा

एजेन्सी – अष्ट्रेलियामा जलवायु परिवर्तनका कारण सिड्नी, मेलबर्न, क्यानबेरा र

सांसद्‌हरूको जोड – भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्छ

काठमाडौँ – प्रतिनिधिसभा सदस्यहरूले भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्नेमा

अनिश्चितकालीन आमरण अनसनमा मझुवागढीका मेयर

काठमाडौँ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढीका मेयर तीर्थराज भट्टराई काठमाडौँको

आन्तरिक किचलोमा दलहरू

काठमाडौं– जहानियाँ राणा शासन छँदै गठन भएको नेपाली कांग्रेसदेखि पछिल्लो

सरकारी भवनमा ताला ठोकेर भाडाको घरमा पालिका कार्यालय

सिरहा – जिल्लाको विष्णुपुर गाउँपालिका–१ गौरीपुरस्थित लक्ष्मीनियाँधार किनारमा निर्माण गरिएको