कोरोनाले उत्पन्न परिस्थितिको सामना गर्ने योजना बनाउन निर्देशन « Khabarhub

कोरोनाले उत्पन्न परिस्थितिको सामना गर्ने योजना बनाउन निर्देशन


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमणको बढ्दो अवस्थाले उत्पन्न परिस्थितिको सामना गर्ने योजना बनाउन सरकरालाई संसद अन्तर्गतको महिला तथा सामाजिक समितिले निर्देशन दिएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको आज सिंहदरबारमा बसेको बैठकले कोरोनाका कारण आगामी दिनमा देखिने चुनौतीको पूर्व आँकलन गरी तयारीका काम समयमा नै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको हो ।

समितिले आगामी दिनमा देखिन सक्ने चुनौतीहरुलाई पूर्व आँकलन गरी कार्य सम्पादन गर्न, गराउन समिति गृह मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

त्यस्तै निषेधाज्ञा एवं बन्दाबन्दीको क्रममा महिला, बालबालिका, जेष्ठ नागरिक, फरक रुपले सवल एवम् लैंगिक अल्पसंख्यकहरु माथि हुनसक्ने हिंसा न्यूनीकरण, नियन्त्रणमा पूर्व तयारी गर्न पनि निर्देशन दिएको समिति सभापति निरु देवी पालले जानकारी दिइन ।

बैठकले विभिन्न वर्गमैत्री क्वारेन्टीनको प्रबन्ध समयमा नै मिलाउन पनि निर्देशन दिएको सभापति पालले जानकारी दिइन । कोरोनाको खोप अन्य केही देशमा समेत नपुगेको अवस्थामा नेपालमा उपलव्ध हुनु सकारात्मक भएको भन्दै पालले आगामी दिनमा यसको सर्वसुलभतामा पनि सरकारले ध्यान दिने विश्वास व्यक्त गरेकी छन् ।

बैठकमा कर्णाली प्रदेशमा गरिएको महिला, बालबालिका, जेष्ठ नागरिक, पिछडिएको वर्ग र अपाङ्गता सम्बन्धी विद्यमान अवस्था र सम्बन्धित कानूनको कार्यान्वयनको अवस्थाको अध्ययन भ्रमणका बारेमा छलफल भएको थियो ।

अर्को बैठकमा उक्त भ्रमण प्रतिवेदनमाथि छलफल हुने समिति सभापति पालले जानकारी दिइन । वैशाख ८ देखि १२ सम्म समितिको ९ सदस्यीय टोलीले अध्ययन भ्रमण गरेको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  २ : ५१ बजे

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने