अर्बन स्पेसले युरेपियन स्ट्यान्डर्ड अटोमेशन टाउन हाउजिङ्गलाई पहिलो पटक नेपालमा भित्र्याउँदै | Khabarhub Khabarhub

अर्बन स्पेसले युरेपियन स्ट्यान्डर्ड अटोमेशन टाउन हाउजिङ्गलाई पहिलो पटक नेपालमा भित्र्याउँदै


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वस्तरीय शहरी–बसोबास ‘अर्बन स्पेस’को उद्घाटन बैशाख ११ गते शनिबार (अप्रिल २४, २०२१)का सम्पन्न भएको छ ।

ललितपुरको सातदोबाटोस्थित आयोजित एक कार्यक्रमकाबीच मिस नेपाल श्रृङ्खला खतिवडा र “अर्बन स्पेस”का संस्थापक बिपिन गैरैले संयुक्त रूपमा गरेका हुन् ।

सो कार्यक्रममा बोल्दै अर्बन स्पेसका संस्थापक गैरेले भनने “हामी नेपालमा हाउजिङ्गको नयाँ अवधारणा प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुसी छौँ । यो एक रिभोलुसनरी आइडिया हो जुन आर्किटेक्चर र इनोभेसनमा केन्द्रित रहेको छ ।”

उक्त परियोजना नेपालमा एक नौलो सुरुवात भएको उनको दाबी छ । उनले भने “हाल हामीले यो प्रोजेक्ट काठमाडौँ उपत्यकाबाट सुरु गर्दैछौँ र यो परियोजना सम्पूर्ण नेपालमा विस्तार गर्ने योजना बनाएका छौँ ।”

यसैगरी आर्कीटेक्ट इन्जिनियर तथा मिस नेपाल २०१८ शृङ्खला खतिवडाले भनिन्, “ अर्बन स्पेस भनेको साना(साना घरहरुको जग्गालाई जोडी ब्याकयार्डलाई हटाएर एक साझा खुल्ला स्थान बनाउनु हो । यो हाउजिङ्गको नयाँ इनोभेटिभ र डेमोव्रmेटिक कन्सेप्ट हो ।”

मानिसहरू पर्खालले बाँधिएका छन् र आफ्नो ठाउँ भित्र मात्र सीमित छन् तर अर्बन स्पेसमा एक व्यक्तिले आफ्नो सानो थोरै जग्गाको बाँडफाँड गरेर व्यापक साम्प्रदायिक ठाउँको आनन्द लिन सक्ने उनको भनाइ छ ।

यसैगरी अर्बन स्पेसका चिफ ब्रान्डिङ अफिसर शिव कँडेलले अर्बन स्पेसले विशेष गरी सहरका क्षेत्रहरुमा बाउन्ड्री लेस सोसाइटीको कल्पना गर्ने बताएका छन् ।

दिगो शहर र समुदायहरुको परिकल्पना गर्ने यो शहरी योजनाकारहरुको लागि मात्र नभई दिगो विकास लक्ष्यहरूहरूमा गहन विश्वास गर्ने बृहत्तर दर्शकहरूको लागि पनि विश्वव्यापी अभियान भएको उनले बताए ।
उनले भने “अर्बन स्पेस भनेको कसरी शहरहरुको इलाकामा विशेष भरोसायोग्य छिमेकीलाई अटोमेसन टेक्नोलोजीले टेवा पु¥याउन सकिन्छ भन्ने प्रोटोटाइपको परियोजना हो ।”

अर्बन स्पेस बंगला र हाउजिङको एउटा मिश्रित हाउस हो जसमा प्रत्येक घरको लागि छुट्टै प्रवेश गर्न एन्ट्री बनाइएको हुन्छ ।

यस परियोजनाको अभिप्राय भनेको गेटेड समुदायलाई डिस्ट्रोइ गरी सोसियल कम्युनिटीको निर्माण र फोस्टर गर्नु हो । अर्बन स्पेसको उदेश्य भनेको सुखदशहरी जीवनको अनुभव प्रदान गर्नु हो र यो ललितपुरको मुटु (रिंग रोड देखि २०० मिटर बाहिर)मा अवस्थित रहेको छ ।

यस परियोजनामा १२ विशिष्ट घर रहेका छन् जसले एक अर्का बीच सद्भाव कायम राखी जीवनशैली र वातावरणमा विविधता प्रदान गर्दछन् ।

यो मास्टर प्लान सेफ्टी, कन्भेनियन्स, कम्फर्ट र युनिक डिजाइनमा केन्द्रित छ जहाँ मानिसलले विविध सामाजिक जीवनको अनुभव गर्न सक्नेछन् ।

डिजाइन गरिएका युनिक फिचरहरुले मानिसहरूलार्ई फाइदा पूर्ण रुपमा विभिन्न सुविधाहरू प्रदान गर्ने छ । अर्बन स्पेसको विशेष फाइदाहरुमा भूकम्पप्रतिरोधी, २४ घण्टा वाटर सप्लाई, स्मार्ट ग्यास पाइपलाइन, फायर फाइटिंग प्रणाली, स्मार्ट सर्भेलेन्स, फुल्ली इन्सुलेटेड वाल, साउन्ड इन्सुलेशन, मोड्युलर किचन, सेन्ट्रल हीटिंग जस्ता सुविधाहरू समावेश छन् ।

अर्बन स्पेसका उल्लेखनीय टोलीका सदस्यहरुमा प्रोफेसनल्सहरु रहेका छन् जसमा पुल्चोक क्याम्पसबाट सिभिल इन्जिनियर, आर्किटेक्चर इन्जिनियर, किंग्स कलेजबाट स्नातकको रुपमा एमबीए ग्राजुएड्सहरु रहेका छन् । टोली सदस्यहरुको वास्तुकलाको क्षेत्रमा एक उल्लेखनीय अनुभव रहेको छ ।

उनीहरूको विश्वसनीय उपलब्धिहरुमा २५० भन्दा बढी घरहरुको निर्माण, ५००० डिजाइन र सम्पत्ति व्यवस्थापनमा १० हजाररुपैयाँभन्दा बढी व्यक्तिहरुसँगको परामर्श रहेको छ । अर्बन स्पेस मार्फत नेपालको टाउन हाउजिङ्गको अवधारणा सफलतापूर्वक सुरु गर्न टोलीले ५० भन्दा बढी देशका १०० जना भन्दा बढी पेशेवरहरूसँग परामर्श गरेको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ४ : ३२ बजे

लामिनले बार्सिलोनामा मेसीको १० नम्बर जर्सीमा खेल्ने

काठमाडौं – लामिन यामलले बार्सिलोनाको आइकोनिक १० नम्बर जर्सी लगाउने

कर्णालीमा खाद्यान्न उत्पादनमा ह्रास, तरकारी र फलफूलमा वृद्धि

सुर्खेत- कर्णाली प्रदेशमा खाद्यान्न बालीको उत्पादनमा ह्रास आए पनि तरकारी

‘बजरंगी भाईजान– २’ को तयारीमा कबीर र सलमान

काठमाडौं– बलिउड नायक सलमान खानको मुख्य भूमिका रहेको ब्लकबस्टर फिल्म

विधायन व्यवस्थापनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दैछन्

एमाले सचिवालय बैठक बस्दै, विधान महाधिवेशनबारे छलफल हुने

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ । बैठक