गण्डकी प्रदेशमा पीसीआर परीक्षण गरी सदन चलाइने « Khabarhub

गण्डकी प्रदेशमा पीसीआर परीक्षण गरी सदन चलाइने


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको दोस्रो दिनको बैठकमा सत्ता पक्षले नै अवरोध गरी स्थगित भएको संसद बैठक बुधबार सञ्चालन हुने भएको छ ।

मंगलबार बैठक शुरू भएलगत्तै सत्तारुढ दल नेकपा एमालेका सांसदले पीसीआर परीक्षण गर्न माग गर्दै बैठक अवरुद्ध गरेको थिए ।

एमालेका सांसदहरु आफ्नो स्थानमा उठेर निरन्तर विरोध जनाएपछि सभामुखले २० मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

प्रदेशसभा बैठक रोकेर बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सबै सांसदहरुको पीसीआर परीक्षण गरी सदन चलाउने सहमति जुटेपछि बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

सांसदहरुको पीसीआर परीक्षण गरी बैठक चलाउने सहमति भएको प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले बताए ।

कुनै प्रदेशसभा सांसदलाई संक्रमण देखिएमा पनि संसद बैठक नरोक्ने सहमति भएको छ । कोरोना संक्रमण देखिएको अवस्थामा त्यस्तो सांसदलाई निजी सवारी साधनमा आएर प्रदेशसभामा अविश्वास प्रस्तावमाथिको मतदानमा भाग लिन दिइने सहमति भएको छ ।

संसदको विशेष अधिवेशनमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ८ : ४२ बजे

कञ्चनपुर-कमला सडक विस्तारमा ढिलासुस्ती

सिरहा– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक खण्ड विस्तारमा भएको ढिलासुस्ती र

जनताप्रति जबाफदेही भएर काम गर्छौँ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले आफूहरू जनताप्रति

डीपी प्रतिनिधि सभाको सभामुखमा निर्विराेध निर्वाचित

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल प्रतिनिधि

निफमा ‘रसियन फिल्म डेज’को उद्घाटन, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने

काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत रसियन फिल्म

डीपीको वाचा : सभामुखमा निर्वाचित भए न्यायसम्मत काम गर्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डीपी अर्यालले सभामुखमा निर्वाचित भए