गण्डकी प्रदेशमा पीसीआर परीक्षण गरी सदन चलाइने | Khabarhub Khabarhub

गण्डकी प्रदेशमा पीसीआर परीक्षण गरी सदन चलाइने


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको दोस्रो दिनको बैठकमा सत्ता पक्षले नै अवरोध गरी स्थगित भएको संसद बैठक बुधबार सञ्चालन हुने भएको छ ।

मंगलबार बैठक शुरू भएलगत्तै सत्तारुढ दल नेकपा एमालेका सांसदले पीसीआर परीक्षण गर्न माग गर्दै बैठक अवरुद्ध गरेको थिए ।

एमालेका सांसदहरु आफ्नो स्थानमा उठेर निरन्तर विरोध जनाएपछि सभामुखले २० मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

प्रदेशसभा बैठक रोकेर बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सबै सांसदहरुको पीसीआर परीक्षण गरी सदन चलाउने सहमति जुटेपछि बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

सांसदहरुको पीसीआर परीक्षण गरी बैठक चलाउने सहमति भएको प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले बताए ।

कुनै प्रदेशसभा सांसदलाई संक्रमण देखिएमा पनि संसद बैठक नरोक्ने सहमति भएको छ । कोरोना संक्रमण देखिएको अवस्थामा त्यस्तो सांसदलाई निजी सवारी साधनमा आएर प्रदेशसभामा अविश्वास प्रस्तावमाथिको मतदानमा भाग लिन दिइने सहमति भएको छ ।

संसदको विशेष अधिवेशनमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ८ : ४२ बजे

तीजको दरमा कस्तो खानपान उचित हुन्छ ?

महिलाहरूको  महान् पर्व मानिने हरितालिका तिजको आज दर खाने दिन

मनसुन अनुकूल नहुँदा घट्यो धान रोपाइँ

काठमाडौं– मनसुन अनुकूल नहुँदा यस वर्ष धान रोपाइँ घटेको छ

श्रीलङ्काः पूर्वराष्ट्रपति विक्रमासिङ्घे स्वास्थ्य बिग्रिएपछि आइसियुमा स्थानान्तरण

कोलम्बो- श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे अस्वस्थ भएका कारण मङ्गलबार अदालतमा

राष्ट्रपति पौडेलले भानु साहित्य उद्यानको शुभारम्भ गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी

प्रचण्डसँग एकताका लागि तयार छैनन् विप्लव

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत साउन