चिनियाँ ठेकेदारविरुद्ध होटल व्यवसायी आन्दोलित « Khabarhub

चिनियाँ ठेकेदारविरुद्ध होटल व्यवसायी आन्दोलित


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– बुटवल–नारायणघाट सडक विस्तारको ठेक्का पाएको चिनियाँ कम्पनीले समयमै काम नगरी सडक धुलाम्मे पारेपछि दाउन्नेमा होटल व्यवसायी आन्दोलित भएका छन् ।

ठेकेदार कम्पनी ‘चाइना स्ट्रेट इन्जिनियरिङ कर्पोरेशन’ले बेलाबेलामा विभिन्न कारण देखाएर सडक विस्तारको काममा ढिलासुस्ती गरिरहेको छ ।

सडक विस्तारका क्रममा ठाउँ ठाउँमा कल्भर्ट बनाउँन भन्दै गरिएको डाइभर्सन तथा वर्षामा भत्किएको सडक वर्षामा हिलाम्मे र हिँउदमा धुलाम्मे हुने गरेको छ ।

सडक निर्माणको क्रममा सडकमा पानी हाल्नुपर्ने सहमति गरेको निर्माण कम्पनीले सडकमा पानीसमेत नहालेको भन्दै दाउन्नेका होटल व्यवसायीहरुले मंगलबार साँझ राजमार्गमा बाटो जाम गरेर विरोध गरेका छन् । मंगलबार बेलुका उनीहरुले झण्डै एक घण्टा राजमार्ग अवरुद्ध गरेका थिए ।

दुई वर्षअघि २०७५ चैत ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल–नारायणघाट खण्डको १ सय १४ किलोमिटर सडक विस्तारका लागि बुटवलबाट शिलान्यास गरेका थिए ।

निर्माण शुरु भएको दुई वर्ष पुगिसक्दा कामको प्रगति भने ४ प्रतिशत मात्रै भएको छ । आयोजना प्रमुख रमेशचन्द्र दिष्टीले कोरोना संक्रमण तथा रुख कटान र विजुली पोल हटाउने काममा ढिलाइ हुँदो काममा ढिलाइ भएको बताए ।

यसअघि पटक पटक कामदारले तलब नपाएको भन्दै कामदारहरु आन्दोलित भएका थिए । ठेकेदार कम्पनी र नेपाली मजदुरबीच पटक पटक विवाद हुँदै आएको छ ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमायाँ पंगेनी, प्रहरी प्रमुख एसपी प्रकाश मल्लसहितको रोहबरमा लिखित सहमति गरेपछि मजदुरहरु काममा फर्किएका थिए । त्यसपछि पनि तलब नपाएको भन्दै मजदुरहरु आन्दोलित भएका थिए ।

एक महिनाअघि तेल चोरीका विषयमा विवाद हुँदा चिनियाँ पक्षले नेपाली मजदुरहरुलाई वार्ता गर्न बोलाएर रजहरस्थित कन्स्ट्रक्सन कार्यालयमा कुटपिट गरेका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ९ : ३२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै