ग्रीन टीको नियमित सेवनले मुटु रोगको जोखिम कम « Khabarhub

ग्रीन टीको नियमित सेवनले मुटु रोगको जोखिम कम


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल धेरै मानिसमा ग्रीन टी पिउन लत लागेको छ । मोटोपना कम गर्ने र स्वास्थ्यमा लाभ गर्छ भनेर धेरैले ग्रीन टी पिउने गर्दछन् । ग्रीन टी अक्सिडाइज नगरिएका पत्तीबाट बनाइन्छ र प्रशोधन पनि कम हुन्छ । त्यसैले यसमा एन्टिअक्सिडेन्ट तत्व बढी हुन्छ र लाभकारी प्राकृतिक तत्व पोलिफेनल पनि पाइन्छ ।ज्ञ

ग्रीन टीको सेवनले रगत रोक्न, घाउ निको पार्न, पाचन प्रणालीलाई मजबूत पार्न, मुटु तथा मानसिक स्वास्थ्य तथा शरीरको तापक्रम नियमित राख्न मद्दत गर्दछ । साथै तौल घटाउने, कलेजोको समस्या तथा टाइप टु डाइबेटिजसम्मकालागि यसको सेवन लाभदायी मान्छि ।

चिनी नहालिएको ग्रीन टीमा क्यालोरी जिरो हुन्छ । यसमा क्याफिनको मात्रा पनि थोरै हुन्छ । यसमा अन्य चियामा भन्दा उच्च एन्टिअक्सिडेन्ट हुन्छ । साथै पोलिफेनल्स नामक प्राकृतिक रासायनिक पदार्थ हुने भएकाले यसको सेवनले क्यान्सर तथा जलन निवारणमा लाभ पुर्याउँछ ।

ग्रीन टीको सेवनले महिलाहरुमा हुने स्तन, ब्लाडर, पाठेघर, फोक्सो, प्रोस्टेट, छाला तथा पेटको क्यान्सरमा सकारात्मक प्रभाव पार्दछ । साथै ग्रीन टीको उपभोग मुटुजन्य रोगबाट हुने मृत्युदरलाई कम गर्ने पनि लाभदायी मानिन्छ । जर्नल अफ द अमेरिकन हार्ट एशोसियसनका अनुसार नियमित ग्रीन टी उपभोग गर्नाले स्ट्रोकको खतरा कम हुन्छ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ४ : २८ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै