ग्रीन टीको नियमित सेवनले मुटु रोगको जोखिम कम « Khabarhub

ग्रीन टीको नियमित सेवनले मुटु रोगको जोखिम कम


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल धेरै मानिसमा ग्रीन टी पिउन लत लागेको छ । मोटोपना कम गर्ने र स्वास्थ्यमा लाभ गर्छ भनेर धेरैले ग्रीन टी पिउने गर्दछन् । ग्रीन टी अक्सिडाइज नगरिएका पत्तीबाट बनाइन्छ र प्रशोधन पनि कम हुन्छ । त्यसैले यसमा एन्टिअक्सिडेन्ट तत्व बढी हुन्छ र लाभकारी प्राकृतिक तत्व पोलिफेनल पनि पाइन्छ ।ज्ञ

ग्रीन टीको सेवनले रगत रोक्न, घाउ निको पार्न, पाचन प्रणालीलाई मजबूत पार्न, मुटु तथा मानसिक स्वास्थ्य तथा शरीरको तापक्रम नियमित राख्न मद्दत गर्दछ । साथै तौल घटाउने, कलेजोको समस्या तथा टाइप टु डाइबेटिजसम्मकालागि यसको सेवन लाभदायी मान्छि ।

चिनी नहालिएको ग्रीन टीमा क्यालोरी जिरो हुन्छ । यसमा क्याफिनको मात्रा पनि थोरै हुन्छ । यसमा अन्य चियामा भन्दा उच्च एन्टिअक्सिडेन्ट हुन्छ । साथै पोलिफेनल्स नामक प्राकृतिक रासायनिक पदार्थ हुने भएकाले यसको सेवनले क्यान्सर तथा जलन निवारणमा लाभ पुर्याउँछ ।

ग्रीन टीको सेवनले महिलाहरुमा हुने स्तन, ब्लाडर, पाठेघर, फोक्सो, प्रोस्टेट, छाला तथा पेटको क्यान्सरमा सकारात्मक प्रभाव पार्दछ । साथै ग्रीन टीको उपभोग मुटुजन्य रोगबाट हुने मृत्युदरलाई कम गर्ने पनि लाभदायी मानिन्छ । जर्नल अफ द अमेरिकन हार्ट एशोसियसनका अनुसार नियमित ग्रीन टी उपभोग गर्नाले स्ट्रोकको खतरा कम हुन्छ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ४ : २८ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी