अभिनेत्री सुपुष्पा र निर्माता रौनक इन्गेज्ड « Khabarhub

अभिनेत्री सुपुष्पा र निर्माता रौनक इन्गेज्ड


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेत्री सुपुष्पा भट्टले निर्माता प्रेमी रौनकविक्रम कँडेलसँग इन्गेजमेन्ट गरेकी छन् । विगत ६ महिनादेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले काठमाडौंमा बुधबार इन्गेजमेन्ट गरेका हुन् ।

पारिवारिक स्रोतका अनुसार शुक्रबार इन्गेजमेन्टको तयारी गरिए पनि बिहीबारबाट उपत्यकामा निषेधाज्ञा लागु गरिएपछि दुई दिन अघि नै टिकाटालोको काम पुरा गरेका हुन् ।

फिल्म ‘रणवीर’बाट अभिनयमा पाइला चालेकी सुपुष्पमाले फिल्म ‘छ माया छपक्कै’ र ‘चपली हाइट ३’मा अभिनय गरेकी छन् । फिल्म ‘चपली हाइट ३’ रिलिजको पर्खाइमा छ ।

निर्माता रौनकले ‘कबड्डी’ जस्तो सफल फिल्म निर्माण गरेका छन् । उनी ‘झोले २’का निर्माता पनि हुन् । रौनक नयाँ फिल्म ‘ब्रम्हजंग’ बनाउने तयारीमा छन् ।

निर्माता रौनकको नाम यसअघि अभिनेत्री वेनिशा हमालसँग जोडिएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  १२ : ५५ बजे

सुडानमा विमान दुर्घटना, विमानमा सवार १४ जनाको मृत्यु

जुवा – दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो

शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

ब्याटिङ नचल्दा दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी

काठमाडौं – आईपीएल २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो छैटौँ

बागमतीमा मन्त्रालयको संख्या ७ मात्रै बनाउन विपक्षीको सुझाव

काठमाडौँ- नेकपाले बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या ७ वटामात्रै गर्न

पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय