अभिनेत्री सुपुष्पा र निर्माता रौनक इन्गेज्ड « Khabarhub

अभिनेत्री सुपुष्पा र निर्माता रौनक इन्गेज्ड


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेत्री सुपुष्पा भट्टले निर्माता प्रेमी रौनकविक्रम कँडेलसँग इन्गेजमेन्ट गरेकी छन् । विगत ६ महिनादेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले काठमाडौंमा बुधबार इन्गेजमेन्ट गरेका हुन् ।

पारिवारिक स्रोतका अनुसार शुक्रबार इन्गेजमेन्टको तयारी गरिए पनि बिहीबारबाट उपत्यकामा निषेधाज्ञा लागु गरिएपछि दुई दिन अघि नै टिकाटालोको काम पुरा गरेका हुन् ।

फिल्म ‘रणवीर’बाट अभिनयमा पाइला चालेकी सुपुष्पमाले फिल्म ‘छ माया छपक्कै’ र ‘चपली हाइट ३’मा अभिनय गरेकी छन् । फिल्म ‘चपली हाइट ३’ रिलिजको पर्खाइमा छ ।

निर्माता रौनकले ‘कबड्डी’ जस्तो सफल फिल्म निर्माण गरेका छन् । उनी ‘झोले २’का निर्माता पनि हुन् । रौनक नयाँ फिल्म ‘ब्रम्हजंग’ बनाउने तयारीमा छन् ।

निर्माता रौनकको नाम यसअघि अभिनेत्री वेनिशा हमालसँग जोडिएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  १२ : ५५ बजे

भर्‍याङ चढेर कैदी भागेपछि…

गण्डकी– कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय

डडेल्धुरामा किबीखेती विस्तार

डडेल्धुरा– डडेल्धुरामा किबीखेती विस्तार हुँदै गएको छ । जिल्लामा किबीखेती

कात्तिक १५ गतेदेखि नागढुङ्गा सुरुङमार्गमा सवारी शुल्क लाग्ने

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

कञ्चनपुर– तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका

बुढीगण्डकी बाढीबाट माछाखोलामा करोडौँको क्षति (तस्बिर)

गोरखा– असोज २५ गते आएको बाढीले गोरखाको धार्चे गाउँपालिका–५ स्थित