सम्पर्कविहीन भएका जनमोर्चाका सांसद शाही कोभिड अस्पतालको आईसीयूमा « Khabarhub

सम्पर्कविहीन भएका जनमोर्चाका सांसद शाही कोभिड अस्पतालको आईसीयूमा


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सम्पर्कविहीन भएका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाही  कोभिड-१९ उपचार गर्ने अस्पतालको आईसीयूमा भेटिएका छन् ।

उनी पोखरास्थित चरक अस्पतालको कोभिड वार्डमा भेटिएका हुन्। उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका हुन् ।

निजी प्रयोगशाला लाइफ केयर डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टरमा गरिएको परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको हो ।

अस्पतालका अनुसार आजै अस्पताल भर्ना भएका हुन्। तर मंगलबार सबै सांसदसँग गरिएको सरकारी परीक्षणमा उनको रिपोर्ट भने नेगेटिभ आएको थियो।

शाहीलाई अक्सिजन लगाएर उपचार गरिरहेको अस्पतालले जनाएको छ ।

अस्पतालकी कोभिड- १९ फोकल पर्सन मीना थापाका अनुसार शाहीलाई कोरोना भएको रिपोर्टका आधारमा उपचार भइरहेको हो । सांसद शाहीको अवस्था सामान्य रहेको उनले बताइन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा आज प्रदेशसभामा मतदानको तयारी थियो। उनी सम्पर्कविहीन भएपछि जनमोर्चाले बैठक रोक्न माग गरेपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । जनमोर्चाले मुख्यमन्त्री गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने बताएको थियो।

अपराह्न साढे ४ बजे बोलाइएको प्रदेशसभाको दोस्रो बैठक शुरु हुनु अघि जनमोर्चाकी प्रमुख सचेतक पियारी थापाले प्रदेशसभा सदस्य शाही सम्पर्कविहीन भएको भन्दै बैठक रोक्न माग गरेर निवेदन दिएकी थिइन् ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ७ : ३१ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी