सम्पर्कविहीन भएका जनमोर्चाका सांसद शाही कोभिड अस्पतालको आईसीयूमा « Khabarhub

सम्पर्कविहीन भएका जनमोर्चाका सांसद शाही कोभिड अस्पतालको आईसीयूमा


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सम्पर्कविहीन भएका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाही  कोभिड-१९ उपचार गर्ने अस्पतालको आईसीयूमा भेटिएका छन् ।

उनी पोखरास्थित चरक अस्पतालको कोभिड वार्डमा भेटिएका हुन्। उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका हुन् ।

निजी प्रयोगशाला लाइफ केयर डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टरमा गरिएको परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको हो ।

अस्पतालका अनुसार आजै अस्पताल भर्ना भएका हुन्। तर मंगलबार सबै सांसदसँग गरिएको सरकारी परीक्षणमा उनको रिपोर्ट भने नेगेटिभ आएको थियो।

शाहीलाई अक्सिजन लगाएर उपचार गरिरहेको अस्पतालले जनाएको छ ।

अस्पतालकी कोभिड- १९ फोकल पर्सन मीना थापाका अनुसार शाहीलाई कोरोना भएको रिपोर्टका आधारमा उपचार भइरहेको हो । सांसद शाहीको अवस्था सामान्य रहेको उनले बताइन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा आज प्रदेशसभामा मतदानको तयारी थियो। उनी सम्पर्कविहीन भएपछि जनमोर्चाले बैठक रोक्न माग गरेपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । जनमोर्चाले मुख्यमन्त्री गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने बताएको थियो।

अपराह्न साढे ४ बजे बोलाइएको प्रदेशसभाको दोस्रो बैठक शुरु हुनु अघि जनमोर्चाकी प्रमुख सचेतक पियारी थापाले प्रदेशसभा सदस्य शाही सम्पर्कविहीन भएको भन्दै बैठक रोक्न माग गरेर निवेदन दिएकी थिइन् ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ७ : ३१ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु