सरकारले जारी गरेको आदेशको पूर्ण पालना गर्न उपराष्ट्रपतिको आग्रह | Khabarhub Khabarhub

सरकारले जारी गरेको आदेशको पूर्ण पालना गर्न उपराष्ट्रपतिको आग्रह


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना रोकथामका लागि सरकारले जारी गरेका नियमको पूर्ण पालना गर्न अपिल गरेका छन् । आज एक सन्देश जारी गर्दै उनले आफू पनि सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्न आम नागरिकमा अपिल गरेका हुन् ।

कोरोना भाइरसविरुद्धको सङ्घर्ष सरकार, चिकित्सक तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रयासले मात्रै नजितिने जनाउँदै उनले यसमा आम जनताको पूर्ण साथ र सहयोग चाहिने बताएका छन् ।

“जस्तोसुकै अप्ठ्याराहरुमा धैर्य गर्ने र उच्च मनोबलका साथ चुनौतीको सामना गरेर परिस्थितिलाई अनुकुलतामा बदल्ने हाम्रो विगत हो”, उनले सन्देशमा भनेका छन् ।

निषेधाज्ञा अवधिमा कोरोना भाइरस परीक्षणलाई तीव्र बनाउन र सङ्क्रमितको प्रभावकारी उपचार गर्नुपर्नेमा जोड दिँदै उपराष्ट्रपतिले अक्सिजनलगायत अत्यावश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्न तथा प्रभावित क्षेत्रमा थप चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले कोरोना भाइरसविरुद्धको खोप अभियानलाई व्यवस्थितरूपमा तीव्र बनाउनसमेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ८ : ५० बजे

नारायणी रङ्गशालालाई अन्तरराष्ट्रिय खेलग्राम बनाइने

पर्सा – मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण

कञ्चनपुर – गौरीफन्टा नाका हुँदै भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा

वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत

काठमाडौं – नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट

शिक्षा ऐन यथाशीघ्र ल्याउने तयारी भइरहेको छः शिक्षा मन्त्री पन्त

कास्की – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा विधेयकसम्बन्धी