झापामा यसरी भइरहेको छ कोरोना नियन्त्रणको प्रयास « Khabarhub

झापामा यसरी भइरहेको छ कोरोना नियन्त्रणको प्रयास

विद्यालय बन्द, नाकामा आवातजावत रोक



झापा- कोरोना जोखिमका कारण झापाका सवै शैक्षिक संस्थाहरु मंगलबारदेखि बन्द भएका छन् ।

जिल्ला स्थित कोरोना भाईरस संकट व्यवस्थापन केन्द्रको निर्णयका आधारमा बैशाख मशान्त सम्मका लागि विद्यालय, कलेज तथा सवै प्रकारका शैक्षिक संस्था बन्द गरिएका हुन् ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनासहित सरोकारवालाहरु सम्मिलित बैठकले भौतिक उपस्थितिमा हुने सवै प्रकारका पठन पाठन बन्द गराउने निर्णय गरेको थियो ।

यस्तै स्वास्थ्य सुरक्षाका उपाय कार्यान्वयन गराउने, महामारीको अवस्थाका बारेमा विश्लेषण गर्ने तथा थप रणनीतिबारे सुझावसमेत दिन एउटा समिति गठन गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादर शाहीको नेतृत्वमा गठित समितिले जोखिमको अवस्था विश्लेषण गरि आगामी योजनाबारे सुझावसहितको प्रतिवेदन पेस गर्नेछ ।

यस्तै सवारी साधनमा सुरक्षा मापदण्ड अनिवार्य कार्यान्वयन गराउने र अनुगमन तथा नियमनका लागि जिल्ला ट्राफिक प्रहरी प्रमुखको संयोजकत्वमा अर्को समिति पनि गठन भएको छ ।

नाकामा रोक

भारतसँग सीमा जोडिएको झापामा भारतीय नागरिक आउने क्रमलाई पूर्णरुपमा रोकिएको छ ।

जिल्लाको मुख्य एवम् देशकै पूर्वीनाका काँकडभिट्टाबाट आउने भारतीय नागरिकहरुलाई नेपाल आउन रोक लगाइएको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

विभिन्न शिलशिलामा भारत पुगेका नेपालीहरुलाई भने स्वास्थ्य परीक्षण प्रमाणका आधारमा घर फर्कन दिने गरिएको प्रहरी नायव उपरीक्षक सुनिल दाहालले जनाएका छन् ।

यस्तै पूर्वी प्रवेशद्वारा काँकडभिट्टामा एक हजार क्षमताको होल्डिङ् सेन्टर निर्माण र भद्रपुरस्थित प्रदेश प्रशिक्षण केन्द्रमा ५ सय जना क्षमताको होल्डिङ् सेन्टर निर्माणका लागि जिल्लाका सरोकारवालाहरुले प्रदेश १ को आन्तरीक मामिला तथा कानून मन्त्रालयलाई आग्रह गरेका छन् ।

स्थानीय स्तरमा पनि तयारी

कोरोनाको संक्रमण उच्च भएसँगै पुनः स्थानीय स्तरमा क्वारेन्टाइन तथा आईसोलेसन सेन्टर सञ्चालनको तयारी थालिएको छ ।

गत वर्ष सञ्चालन गरिएका क्वारेन्टाइन तथा आईसोलेसन सेन्टरहरु संक्रमण न्युन भएसँगै हटाइएका थिए । तर, फेरि संक्रमण दर उच्च भएपछि संक्रमित तथा शंकास्पद संक्रमितहरुलाई राख्न त्यस प्रकारका संरचना निर्माणमा चासो देखाईएको हो । अब प्रत्येक स्थानीय तहमा १०० जना क्षमताका क्वारेन्टाइन तथा ५० जना क्षमताको अक्सिजनसहितको आईसोलेन बनाउने समेत जिल्ला स्तरीय समितिले निर्णय गरेको छ ।

जिल्लाको संक्रमण अवस्था

जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौँलागाईका अनुसार सोमबारसम्म झापामा ४ हजार ८ सय १९ जनामा संक्रमण पुष्टि भई सकेको छ । तीमध्ये १ सय ३१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ६ : १० बजे

श्रीलङ्काद्वारा चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माणका लागि बृहत् राहत योजना सार्वजनिक

कोलम्बो – विपद्ग्रस्त श्रीलङ्काले घातक चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न

यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते

सुनसरी – धरानबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा

एमाले मजवुद भए मुलुकको अराजकता अन्त्य हुन्छ : प्रदीप ज्ञवाली

ललितपुर – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मूलुकभित्रको अराजकता र

जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि

चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा