काम शुरू भएदेखि नै विवादमा चिनियाँ कन्स्ट्रक्सन | Khabarhub Khabarhub

काम शुरू भएदेखि नै विवादमा चिनियाँ कन्स्ट्रक्सन



नवलपुर– बुटवल—नारायणघाट सडक खण्ड विस्तारको ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनी गरेको ‘चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशन’ प्रारम्भिक चरणबाटै विवादमा पर्दै आएको छ ।

काम शुरू भएको दुई वर्ष वितिक्दा ४ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । कर्पोरेशन नेपाली मजदुरमाथि आक्रमण गर्ने तथा तलब नदिने जस्ता व्यवहारले विवादमा तानिँदै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षअघि चैत ८ गते ‘बुटवल–नारायणघाट सडक खण्ड विस्तार’ को शिलान्यास गरेका थिए । सम्झौताअनुसार आयोजना अब डेढ वर्षभित्र सम्पन्न भइसक्नुपर्ने भए पनि कम्पनीले काममा विलम्ब गर्न थालेपछि सडक आसपासका बासिन्दाविरोधमा उत्रिन थालेका छन् ।

कम्पनीले काममा ढिलासुस्ती गर्दा वायु प्रदूषण भएको भन्दै जिल्ला प्रशासन कार्यालय र  सम्बन्धित अन्य निकायमा धेरै पटक भनको पनि सुनुवाइ नभएको विनयी त्रिवेणी गाउँपालिका २ का वडाध्यक्ष विष्णुप्रसाद ढकालले बताए ।

‘ठेकेदार कम्पनीसँग २० पटकभन्दा बढी मिटिङ गरियो,’ वडाध्यक्ष ढकालले भने, ‘अति भएर स्थानीयले गाउँपालिकाको कार्यालयमा नै ताला लगाएका थिए ।’

दुम्किबासको ज्यामिरेस्थित वडा नम्बर २ को कार्यालयमा तालाबन्दीपछि सम्बन्धित निकायमा परेको दबाबले ज्यामिरे क्षेत्रमा सात दिनभित्र काम शुरू भएको ढकालले बताए । जनताले विरोध नगरी उनीहरुले काम नै नगर्ने उनको भनाइ छ ।

बाटो दाउन्ने क्षेत्रमा सबैभन्दा बिग्रिएको छ । गत असारदेखि सडक भत्किएर कहिले हिलाम्मे र कहिले धुलाम्मे हुँदा पनि बेवास्ता हुँदै आएको स्थानीयवासीको भनाइ छ । सकड धुलाम्मे हुँदा बसिसक्नु अवस्था नभएको दाउन्नेका विष्णु गुरुङले बताए ।

स्थानीय बासिन्दा र स्थानीय जनप्रतिनिधि मात्र होइन, चिनियाँ ठेकेदार कम्पनीको कामबाट गाउँपालिका अध्यक्ष डम्बरबहादुर जिसी पनि सन्तुष्ट छैनन् ।

दाउन्नेको सात किलोमिटर क्षेत्रमा बाटो निर्माण चाँडै सम्पन्न गर्नुपर्न र प्रदूषण नगरी काम गर्नुपर्ने कुरा सम्झौता उल्लेख भए पनि त्यसो नभएपछि स्थानीयवासी विरोधमा उत्रिनु परेको गाउँपालिका अध्यक्ष जिसीले बताए ।

आफूले पनि पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने गरेको जिसीको भनाइ छ । दबाब नदिईकन काम नगर्ने अवस्था देखिएको उनले बताए ।

दाउन्नेमा काम गर्दै गरेका कामदारलाई ठेकेदारले दाउन्ने पश्चिम बर्दघाटतर्फ लगेपछि दाउन्नेमा मङ्गलबार स्थानीयवासीले राजमार्गमा गाडी रोकेर कर्पोरेशनको विरोध  गरेका थिए ।

तेल र माटो चोरीको आरोप अनुसन्धानमै

एक महिनाअघि कामदारले तेल र माटो चोरेको आरोप लगाउँदै चिनियाँ ठेकेदारहरुले कम्पनीको रजहरस्थित कार्यालय परिसरभित्रै नेपाली कामदारलाई कुटपिट गरेका थिए ।

नेपालीहरुलाई मरणासन्न हुने गरी चिनियाँहरू कुटेपछि कामदारहरूले जिल्ला प्रशासन कार्यायमा लिखित उजुरी दिएका थिए । उनीहरूले चोरी गरेको आरोप अझै प्रमाणित भएको छैन ।

यो विषयमा अनुसन्धान अन्तिम चरणमा पुगेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले बताए । यसबारेमा इलाका प्रहरी कार्यालय गैडाकोटले अनुसन्धान जारी राखेको र अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरी प्रवक्तासमेत रहेका गिरीको भनाइ छ ।

उनले केही दिनभित्रै प्रतिवेदन सार्वजनिक गरिने बताए । गिरीले आरोपित मजदुरहरू पनि काममा रहेको बताए ।

तलब नपाउँदा मजदुर आन्दोलित

गत वर्ष चैतमा कोरोना संक्रमणका कारण ठप्प भएको काम ६ महिनापछि शुरू भए पनि तलब नपाएको भन्दै मजदुरहरू पटकपटक आन्दोलनमा उत्रिएका थिए ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितको रोहबरमा लिखित सहमति भएपछि मजदुरहरू काममा फर्किएका थिए । त्यसपछि पनि तलब रोकेपछि पटक पटक मजदुरहरुले काम रोकेका थिए ।

यो सडक बुटवल—दाउन्ने र दाउन्ने—गैँडाकोट गरी दुई खण्डमा विभाजन गरी काम थालिए पनि ठेकेदार कम्पनी ‘चाइना स्ट्रेट इन्जिनियरिङ कर्पोरेशन’ ले बेलाबेलामा अनेक कारण देखाएर ढिलासुस्ती गर्दै आएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  १० : १० बजे

ठाढीसहितका सीमानाका दुई चरणमा आठ दिन बन्द हुने

सिरहा– छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत

धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण अलपत्र

कैलाली– धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा

मुहान सुकेपछि ट्याङ्करको पानीमा निर्भर

पाँचथर– सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

हुम्ला– ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ भन्ने

सयको नोटमा चुच्चे नक्साबारे भारतको असन्तुष्टि

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा