पर्सामा आज एकै दिन १६९ सङ्क्रमित भेटिए « Khabarhub

पर्सामा आज एकै दिन १६९ सङ्क्रमित भेटिए


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- पर्सामा आज एकै दिन १६९ जना कोरोना सङ्क्रमित फेला परेका छन् ।

वीरगञ्जको नारायणी अस्पतालमा २८८ जनाको स्वाबको नमूना परीक्षण गर्दा आज बिहान आएको रिपोर्टमा १० वर्षदेखि ७७ वर्ष उमेर समुहका १३३ पुरुष र ३६ महिलामा सङ्क्रमण पुष्टि भएको हो ।

भेटिएका सङ्क्रमितमध्ये सबैभन्दा बढी पर्साबाट १४० रहेका छन् भने बाराबाट २४, रौतहटबाट तीन र सप्तरी तथा दैलेखका एक/एक जनामा सङ्क्रमण पुष्टि भएको नारायाणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए ।

कोरोना सङ्क्रमणको दोस्रो छालमा फेला परेका सङ्क्रमितमध्ये यो सबैभन्दा बढी सङ्ख्या रहेको उनले बताए ।

यससँगै पर्सामा सङ्क्रमितको कुल सङ्ख्या चार हजार ३१७ पुगेको छ । त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १३५ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ९ : ४० बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी