सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या १५ हजार ४७५ पुग्यो « Khabarhub

सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या १५ हजार ४७५ पुग्यो


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टीकापुर- सुदूरपश्चिममा दैनिक सयौँ कोरोना सङ्क्रमित थपिन थालेका छन् ।

सुदूरपश्चिममा बुधबार २८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा ४७१ नमूना परीक्षण गर्दा २८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए ।

“सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३७४ जनाको नमूना परीक्षण गर्दा २२७ मा सङ्क्रमण पुष्टि भएको छ”,  प्रवक्ता कार्कीले भने, “डडेल्धुरा अस्पतालमा २७ जनाको परीक्षण गर्दा १४, डोटी अस्पतालमा २९ जनाको नमूना परीक्षण गर्दा १४ र महाकाली अस्पतालमा ४१ जनाको नमूना परीक्षण गर्दा ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।”

सुदूरपश्चिममा कूल सङ्क्रमितको सङ्ख्या १५ हजार ४७५ पुगेको छ भने सङ्क्रमण पुष्टि भएका मध्ये १४ हजार २३३ जनाले कोरोना जितेका छन् ।

दोस्रो लहर फैलिएपछि कैलाली जिल्लामा मात्रै एक हजारभन्दा बढी सङ्क्रमित पुगेका छन् । सेती अस्पतालमा सङ्क्रमित बिरामी भरिभराउ छन् । बिरामीहरु अक्सिजन नपाएर छटपटाइरहेको अवस्था छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  १० : ४० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु