दमकमा भेटियो शंकास्पद बस्तु « Khabarhub

दमकमा भेटियो शंकास्पद बस्तु


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- पूर्वपश्चिम राजमार्गको दमक- ९ स्थित चियादोकान नजिकको भित्री सडकमा आज विहान शंकास्पद बस्तु फेला परेको छ ।

एउटा टिनको बट्टामा तार बाँधेर सडकमा फालिएको अवस्थामा सो शंकास्पद बस्तु भेटिएपछि सेनाको सहयोगमा उक्त बस्तुलाई निस्क्रिय पारिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक नवराज कार्कीले वताए ।

उनका अनुसार त्यस शंकास्पद बस्तुलाई तोपागाछीस्थित नेपाली सेनाको बम डिस्पोजल टोलीले विहान ९ वजे निस्क्रिय बनाएको हो ।

विहानै शंकास्पद बस्तु देखिएपछि त्यस आसपासका बासिन्दाहरु त्रसित भएका थिए ।  तर त्यहाँ टिनको बट्टामा ढुंगा हालेको पाइएको छ ।

घटनास्थलमा नेकपा विद्रोही समूहको पर्चा टासिएको र अमेरिकी सहयोग एमसीसीको विरोध गरिएको उल्लेख छ ।

बम भनेर त्रसित बनाउने समूहको खोजी भइरहेको प्रनाउ कार्कीले वताए ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ११ : १० बजे

सञ्चारमाध्यम र सर्वसाधारणलाई सरकारको अपिल : संवेदनशील तस्बिर र भिडियो प्रसारण-प्रकाशन नगर्नू

काठमाडौं- सूचना तथा सञ्चार मन्त्रालयले रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २८९ पुग्यो, नदी किनारमा बेपत्ताको खोजी जारी

काठमाडौं– रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लामा फेला

विदेशबाट पनि प्रधानमन्त्री राहतकोषमा सिधै जम्मा गर्न सकिने

काठमाडौं – विदेशमा रहेका नेपाली तथा अन्य इच्छुक व्यक्तिले अब प्रधानमन्त्री

भोटेकोशी बाढी : महोत्तरीका १० जना सम्पर्कविहीन

महोत्तरी– भोटेकोशीको बाढीसँगै महोत्तरीका १० जना सम्पर्कविहीन भएका छन् ।

पत्रकार टेकराज थामी सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण पत्रकार टेकराज