बलिउडमा कसको डान्स स्टेप कस्तो ? « Khabarhub

बलिउडमा कसको डान्स स्टेप कस्तो ?


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बिना डान्स सिक्वेन्स कुनै पनि फिल्म बन्ने सम्भावना कम नै हुन्छ । अझ बलिउडको कुरा गर्दा फिल्ममा डान्स भएन भने त्यो फिल्म पूर्णरुपमा खल्लो साबित हुन्छ ।

बलिउडमा वार्षिक रुपमा सयौं फिल्म बन्छन् । तर ती फिल्ममा प्रयोग गरिएका डान्स स्टेपहरु दर्शकमाझ आजीवन सर्वप्रिय बन्छन् ।

आजतकमा प्रकाशित समाचारअनुसार बलिउडमा केही गीतमा यस्ता डान्स स्टेपहरु छन्, जुन डान्स स्टेपमार्फत कोरियोग्राफरले आफ्नो करियर बनाएका छन् ।

सन् १९९० देखि २००० को दशकका बीचका फिल्म हुन् या अहिलेका फिल्म, ती फिल्ममा प्रयोग गरिएका हुक स्टेप निकै लोकप्रिय छ ।

ऐश्वर्या राय बच्चनले फिल्म ‘बन्टी और बबली’को गीत ‘कजरा रे’मा एक आइटम नम्बर गरेकी थिइन् । जसमा अमिताभ बच्चन र अभिषेक बच्चन पनि देखिएका थिए । वैभवी मर्चेन्टले यो डान्स नम्बरको कोरियोग्राफी गरेका थिए ।

ऐश्वर्याले यो आइटम नम्बरमा निकै मेहनत गरेकी थिइन् । अहिले पनि यो गीतको हुक स्टेप निकै लोकप्रिय छ ।

अभिनेता मिथुन चक्रवर्तीको फिल्म ‘डिस्को डान्सर’को गीत ‘आइ एम अ डिस्को डान्सर’ अहिले पनि उत्तिकै प्रिय छ । यो गीतमा मिथुनको फुट टेपिङ नम्बर स्टेप निकै भाइरल भएको थियो । यो मिथुनको आइकोनिक नम्बर थियो । गीतमा बप्पी लहरीको स्वर थियो ।

फिल्म ‘गोलियों की रासलीलाः रामलीला’को गीत ‘ततड ततड’मा अभिनेता रणवीर सिंहको प्रस्तुति हेर्नलायक थियो । यो गीतमा उनको जोडी अभिनेत्री दीपिका पादुकोण थिइन् ।

यो फिल्मपछि नै उनीहरुले एकापसमा डेट गर्न सुरु गरेका थिए । अभिनय होस् या गीत, रणवीर दुवै विधामा अत्यन्त मेहनत गर्छन् । यो गीतको हुक स्टेप निकै भाइरल भएको थियो ।

फिल्म ‘राम लखन’मा अभिनेता अनिल कपुरले हिट नम्बर ‘माइ नेम इज लखन’मा दमदार नृत्य गरेका छन् । यो गीतमा सुरु हुनासाथ उनले दुवै हाट उठाएर यसको हुक स्टेप गर्छन् । स्टेजमा प्रवेश गर्नासाथ अनिलको यो गीत बजाउन सुरु गरिन्छ ।

ऐश्वर्या राय बच्चन र माधुरी दिक्षीत फिचर्ड गीत ‘डोला रे’ निकै हिट साबित भएको गीत हो । यो फिल्म ‘देवदास’को गीत हो । यो गीतको एक हातमा टाउकोमा र अर्को हात कम्मरमा राखेर नृत्य गरिएको स्टेप निकै भाइरल बनेको थियो ।

फिल्म ‘बडे मिया छोटे मिया’मा रवीना टण्डन र गोविन्दाको गीत ‘किसी डिस्को मे जाएँ’ निकै चर्चित छ । दुवैले यो गीतमा उत्कृष्ट नृत्य गरेका छन् । गोविन्दलाई डान्स किङ मानिन्छ । उनी राम्रा राम्रा कलाकारलाई नृत्यमा पछि पार्छन् ।

अभिनेता सलमान खानको फिल्म ‘दबंग’को गीत ‘हुडहुड दबंग’ अहिले पनि उत्तिकै लोकप्रिय छ । यो फिल्ममा सलमानले एक प्रहरी अधिकृतको भूमिका निर्वाह गरेका थिए ।

यो गीतमा सलमानले बेल्ट समातेर नृत्य गरेका छन् । यो गीतलाई शबीना खानले कोरियोग्राफ गरेकी थिइन् ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  १२ : ५३ बजे

सुनसरीमा दुईवटा अस्थायी मतदान केन्द्र निर्धारण

सुनसरी– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र लुकेको ‘मणिचूड दह’ (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकाको उत्तरी पहाडी भेगमा फैलिएको शिवपुरी नागार्जुन राष्ट्रिय

अदालतको आदेशलाई लत्याउँदै ट्रम्पले फेरि बढाए १५ प्रतिशत ट्यारिफ

वासिङ्टन डीसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्रिने सामानमा

गुल्मीमा हवाई सेवामा कटौती, अब सातामा तीनवटा उडान

गुल्मी– गुल्मीको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान गरिने

सङ्खुवासभाको रिताक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं– सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।