लिखु तामाकोशी गाउँपालिका अध्यक्षलाई पक्राउ गर्न माग गर्दै प्रशासनमा वडा अध्यक्षहरुको निवेदन « Khabarhub

लिखु तामाकोशी गाउँपालिका अध्यक्षलाई पक्राउ गर्न माग गर्दै प्रशासनमा वडा अध्यक्षहरुको निवेदन


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामेछाप– रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्षलाई पक्राउ गर्न माग गर्दै वडा अध्यक्षहरुले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन्।

गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काले आफ्नो पदको दुरुपयोग गरी लिखु तामाकोशी गाउँपालिकाको कार्यपालिकाको निर्णय पुस्तिकानै कब्जा गरेको र आफू खुसी निर्णय गराउँदै दुराचार, भ्रष्टाचार एवं पदको दुरुपयोग गरेको भन्दै उनलाई पक्राउ गरी पालिकाको निर्णय पुस्तिाका उपलब्ध गराउन माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिइएको हो।

लिखु तामाकोशी गाउँपालिका कार्यपालिका सदस्य एवं वडा नम्बर ६ का वडा अध्यक्ष शिवप्रसाद न्यौपाने र कार्यपालिका सदस्य एवं वडा नम्बर ७ का कावा वडा अध्यक्ष रजिना बुढाथोकीले अध्यक्ष खड्काले आफू अनुकुल हुने गरी पदको बाँडफाँट गर्ने र विभिन्न शीर्षका पैसा विनियोजन गर्ने नाममा अकूत रुपमा पैसा जम्म गरी भ्रष्टाचार गर्न लागेकोको भन्दै उनलाई तत्काल कारवाही गरी आवश्यक कारवाही गर्न माग गर्दै निवेदन दिएका हुन्।

उनीहरुले अध्यक्षले कार्यपालिका सदस्यहरुलाई ज्यान मार्ने धम्कीसमेत दिएको निवेदनमा उल्लेख गरेका छन्।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  १ : ४५ बजे

पशुपति क्षेत्रमा गरियो पाँचौँ हप्ताको सफाइ

काठमाडौं – आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान भएका पशुपति क्षेत्रमा

नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो

कास्की – केही दिनयताको अविरल वर्षाका कारण कास्कीका दुई प्रमुख

नेपालमा तय तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब अनलाइन माध्यमबाट हुने

काठमाडौं– नेपालमा आयोजना गर्न लागिएको तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब

‘कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्छ’

जनकपुरधाम- नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान राजनीतिक