अज्ञात रोगबाट बाजुरामा दुई जनाको मृत्यु « Khabarhub

अज्ञात रोगबाट बाजुरामा दुई जनाको मृत्यु


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मार्तडी- बाजुराको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिकामा केही दिन यता फैलिएको अज्ञात रोगका कारण दुई महिलाको मृत्यु भएको छ ।
हिमाली गाउँपालिका–५ क्युडीकी ४० वर्षीया सञ्चकला बुढा बुधबार मृत्यु भएको रुगिन स्वास्थ्यचौकीमा कार्यरत अनमी प्रेमकला मल्लले जानकारी दिइन् । उनका अनुसार सोही गाउँपालिका–५ नदापाटाकी ५० वर्षीया हैकला भण्डारीको सोमबार मृत्यु भएको हाे ।

क्युडीमा सामान्य रुघाखोकी, ज्वरोको प्रकोप फैलिएको स्थानीय छप्कीबहादुर बुढाले जानकारी दिए । उनका अनुसार गाउँमा ज्वरोका कारण नदापाटा र क्युडीका अधिकांश स्थानीय बिरामी छन् ।बिरामी भएका अधिकांशलाई सामान्य टाउको दुख्ने ज्वरो आउने बिरामी थला पर्ने र नाक, मुखबाट रगत आउनेजस्ता लक्षण देखापरेको बुढथापाको भनाइ छ ।

मृत्यु भएको खबर पाएपछि रुगिन स्वास्थ्य चौकी प्रमुख धनबहादुर फडेराको नेतृत्वमा क्युडितिर स्वास्थ्यकर्मीको टोली गएको अनमी मल्लले जानकारी दिइन् ।

जिल्ला सदरमुकाम मार्तडीबाट करीब ४० कोष पैदल दूरी पर्ने रुगिन स्वास्थ्य चौकीमा बिरामीको घुइँचो छ । स्वास्थ्य चौकीमा उपचार गर्दागर्दै दुई महिलाको मृत्यु भएको स्वास्थ्यकर्मीले बताएका छन् ।

केही सातायता हिमाली गाउँपालिकाको छिमेकी जिल्ला हुम्लाको ताजाकोट गाउँपलिकामा महामारीका कारण आठ जनाको मृत्यु भएको थियो । बाजुरा जिल्लाको छिमेकी गाउँपालिकामा महामारी फैलाएपछि गाउँमा कतै महामारी नै होकी भन्नेमा स्थानीय त्रसित बनेका छन् ।

यता हिमाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धर्मदत्त बुढाले स्थानीयको सामाजिक र व्यक्तिगत सरसफाइमा ध्यान नदिँदा रोगको सङ्क्रमण बढेको हुन सक्ने बताउनुभयो । रोगको सङ्क्रमण फैलिएको उक्त क्षेत्रमा उपचारका लागि खटिएको रुगिन स्वास्थ्य चौकी प्रमुख पठाइएको शाखा प्रमुख बुढाको भनाइ छ । छिमेकी जिल्लाका अज्ञात रोग आएकाले गाउँपालिकावासीलाई सतर्कता अपनाउन बुढाले आग्रह गरेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ८ : ४७ बजे

एमाले महाधिवेशन : अध्यक्षमा ओली र महासचिवमा पोखरेलको अग्रता

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान सकिएको

हलभित्र मतगणना, बाहिर परिणाम कुर्दै नेता–कार्यकर्ता (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनको मतगणना सुरु

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान सकिएको

महाधिवेशनले जनतामा सकारात्मक सन्देश दियो : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीको ११औँ महाधिवेशनमा स्वस्थ

एमाले महाधिवेशनको मतगणना केहीबेरमा सुरु हुँदै, मुचुल्का तयार पारिँदै

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत आज बिहान सकिएको मतदानको