सुर्खेत र धरानमा दुई संक्रमितको मृत्यु « Khabarhub

सुर्खेत र धरानमा दुई संक्रमितको मृत्यु


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— सुर्खेत र धरानमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

कालीकोटको नरहरिनाथ गाउँपालिका–९ का ७३ वर्षीय पुरुषको आज बिहान प्रदेश अस्पताल सुर्खेतमा निधन भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । श्वासप्रश्वास प्रणालीमा समस्या देखिएपछि ती व्यक्तिलाई वैशाख ११ गते प्रदेश अस्पताल कालागाउँ भर्ना गरिएको थियो । सोही दिन पीसीआर परीक्षण हुँदा कोरोना पुष्टि भएको थियो ।

कोभिड आइसोलेशन वार्डमा राखी आवश्यक उपचार गरे पनि ती व्यक्तिको स्वास्थ्यमा सुधार आउन नसकेको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मृतकको शव व्यवस्थापन जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वयमा नेपाली सेनाले गर्ने तयारी गरेको छ ।

यससँगै कर्णालीमा कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ । कोरोनाको नयाँ भेरियन्ट आएसँगै कर्णालीमा पनि सङ्क्रमण र मृत्युदर बढेको छ ।

यस्तै, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरीका एक युवकको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि गत सोमबार अस्पताल भर्ना भएका सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–५ का २४ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको गाउँपालिका अध्यक्ष परशुराम चौधरीले जानकारी दिए ।

ती युवक एक साताअघि मात्रै भारतको दिल्लीबाट फर्किएको र उपचारका क्रममा मृत्यु भएको अग्निसाइर कृष्णसवरण गाउँपालिका–५ का वडाध्यक्ष श्रीप्रसाद यादवले जानकारी दिए । उनका अनुसार आजै गाउँमा शव गाडिसकिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ३ : १४ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित