आईसीयूबाटै सांसद शाहीको स्पोष्टोक्ति : पार्टीको निर्णयमा प्रतिवद्ध छु « Khabarhub

आईसीयूबाटै सांसद शाहीको स्पोष्टोक्ति : पार्टीको निर्णयमा प्रतिवद्ध छु


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय जनमोर्चा पार्टी गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीले आफूमाथि गरिएका टिकाटिप्णीको खण्डन गरेका छन् ।

बुधबार गण्डकी प्रदेश सभामा उपस्थित नभई अस्पताल भर्ना भएका सांसद शाहीले आफू पार्टीको निर्णयमा प्रतिवद्ध रहेको स्पष्ट पारेका छन् ।

पोखराको चरक अस्पतालको आइसीयूमा उपचाररत सांसद शाहीले आज एक पत्र लेख्दै आफू एकाएक बेहोस भई उपचारको लागि गएको र अहिले क्रमिक सुधार भएको समेत बताएका छन् ।

‘म सदनमा जाने भनि तयारी अवस्थामा रहेका बेला अचानक बिरामी भई मेरो आफ्नै भाइलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारको लागि अस्पताल लैजाने क्रममा म बेहोस भएछु,’ उनले लेखेको पत्रमा लेखेका छन्, ‘म थप स्वस्थ भएपछि मेरो बारेमा उठेका उठेका कैयौँ प्रश्नको बारेमा प्रष्ट गर्ने नै छु ।’

त्यस्तै गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा आफ्नो सहमति रहेको बताउँदै पार्टीको निर्णयप्रति प्रतिवद्ध रहेको जनाएका छन् ।

‘पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा मेरो पनि सहभागिता रहेको कारण ती निर्णयहरुप्रति मेरो पनि सहमति रहेकाले त्यस विषयमा पार्टीको निर्णप्रति प्रतिवद्ध कायमै छ ।’ उनले भनेका छन् ।

गण्डकी प्रदेश सरकार जोगाउने वा हटाउनेमा निर्णायक मानिएको राष्ट्रिय जनमोर्चाका सांसद एकाएक हराएसँगै बुधवारको बैठक स्थिगत भएको थियो ।

बागलुङ क्षेत्र नं. २ ‘ख’ बाट निर्वाचित सांसद शाहीले समाचार र सामाजिक सन्जालमा प्रचार भएका भ्रमपूर्ण खबरका आधारमा धारणा नबनाउन आग्रह समेत गरेका छन्।

उनले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको पनि बताएका छन्।

यस्तो छ पत्र

 

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ४ : १८ बजे

केएल राहुलको विष्फोटक ब्याटिङ, २२६ रनको लक्ष्य पछ्याउँदै दिल्ली विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति सम्पन्न

आजको मौसम पूर्वानुमान : केही स्थानमा मेघगर्जनसहित वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको सकियो

नवलपरासी – नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ

आज २०८३ साल वैशाख १९ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ