इन्टरनेटसँग जोडिएका खेलौना पनि साइबर आक्रमणको खतरामा « Khabarhub

इन्टरनेटसँग जोडिएका खेलौना पनि साइबर आक्रमणको खतरामा


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– द्रुत रुपमा वृद्धि भइरहेको इन्टरनेट उपकरणका कारण इन्टरनेटसँग जोडिएका ग्याजेटलाई थप सुरक्षित गर्न बेलायतले नयाँ कानुन बनाउने तयारी गरेको छ ।

सुरक्षा कमजोरीको फाइदा उठाउँदै पछिल्लो केही वर्ष यताबाट साइबर ह्याकरहरुले खेलौना तथा इन्टरनेटमा जोडिएका ओभनहरुलाई लक्षित गर्न थालेपछि सुरक्षा चासो बढाइएको हो ।

नयाँ कानुनअनुसार यस्ता उपकरणहरुमा युनिक पासवर्ड राखिनु पर्नेछ । प्रविधि विज्ञहरुले उपभोक्ताहरुको सुरक्षाका लागि यो सकारात्मक कदम भएको बताएका छन् । बजार विश्लेषक गार्थनरका अनुसार विश्वभर सन् २०१९ को अन्त्यसम्ममा १४ दशमलब २ अर्ब इन्टरनेट जोडिएका उपकरणहरु प्रयोगमा आउने छन् ।

यसमा टेलिभिजन, स्मार्ट स्पिकर तथा घरमा प्रयोग हुने उपकरणहरु इन्टरनेटमा जोडिएका सबै पर्छन् । साइबर आतंकवादीहरुले ह्याक गरी इन्टरनेटमा जोडिएका त्यस्ता उपकरणहरुलाई गलत कार्यमा प्रयोग गर्न सक्ने, व्यक्तिगत तथ्यांक चोर्ने तथा प्रयोगकर्ताको जासूसी गर्ने खतरा रहने छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ८ : ३६ बजे

दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस