आईसीयू र भेन्टिलेटरमा उपचाररत संक्रमित कहाँ कति ? | Khabarhub Khabarhub

आईसीयू र भेन्टिलेटरमा उपचाररत संक्रमित कहाँ कति ?


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरमा उपचाररतको संख्या पनि बढेको छ ।

हाल भेन्टिलेटर र आईसीयूमा गरी कूल ४ सय ४४  जना स‌क्रमितको उपचार भइरहेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल देशभर १०७ जना संक्रमित भेन्टिलेटरमा र ३३७ को आईसीयूमा उपचारत छन्।

मन्त्रालयको विवरणअनुसार हाल प्रदेश १ मा ३६ जना संक्रमित आईसीयूमा र ६ जना भेन्टिलेटरमा, प्रदेश २ मा हाल आईसीयूमा १० जना उपचाररत छन् । यसैगरी बाग्मती प्रदेशमा १५६ जना आईसीयूमा र ६७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

 

यसैगरी गण्डकी प्रदेशमा ५ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ८७ जना आईसीयूमा र २१ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयको तथ्यांकअनुसार कर्णाली प्रदेशमा २३ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा तथा सुदूरपश्चिम प्रदेशमा २० जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  १० : १५ बजे

नेपाल प्रहरी स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा

काठमाडौं – नेपाल प्रहरीको स्वास्थ्य उपसमूह, चिकित्सकतर्फका चार जना प्रहरी

आँबुखैरेनी अस्पतालमा आकस्मिक रक्तसञ्चार केन्द्र 

दमौली– तनहुँको आँबुखैरेनी अस्पतालमा आकस्मिक रक्त सञ्चार केन्द्र स्थापना गरिएको

डलर र युरो बढ्यो : शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल मंसिर १४ गते शुक्रबार सन्

शनिबार एनपिएलको उद्घाटन: विश्वका खेलाडीको उपस्थितिले दर्शकमा उत्साह

काठमाडौं – स्टार्टअप व्यवसायमा सक्रिय युवा निशान सापकोटा नेपाल प्रिमियर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल मंसिर १४ गते शुक्रबार तदनुसार