सुनसरी जिल्लामा पनि निषेधाज्ञा जारी « Khabarhub

सुनसरी जिल्लामा पनि निषेधाज्ञा जारी


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी— सुनसरी जिल्लामा पनि शुक्रवारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।

कोरोना संक्रमणको दर बढेसँगै सुनसरी प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि शुक्रवार १२ बजे रातिदेखि आगामी २४ गते रातिसम्म जिल्लाभर निषेधाज्ञा जारी गरिएको बताए ।

सो समयावधिभित्र अत्यावश्यक काम नपरी घरबाहिर निस्कन पाइने छैन । एकै स्थानमा भेला, जुलुस, छलफल र गोष्ठी गर्न पनि पाइनेछैन । यस्तै, १० वर्षमुनि र ६० बर्ष माथिका व्यक्ति तथा दीर्घरोगीलाई अत्यावश्यकबाहेक कुनै पनि काममा आउजाउ गर्न पनि निषेध गरिएको छ ।

अत्यावश्यक खाद्य सामग्रीको हकमा औषधी तथा स्वास्थ्य सामग्री पसलबाहेक अन्य पसल व्यवसाय बिहान ६ बजेदेखि ११ बजेसम्म खुल्ला गर्न पाइनेछ ।

डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्षमात्र बिहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ । खाद्य सामग्री, ग्रोसरी पसल, औषधी पसललगायत अत्यावश्यक सेवाका व्यवसाय सञ्चालन गर्दा पुर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ ।

सरकारी, बैक, वित्तिय, विमालगायत कार्यालयहरूबाट माथिल्लो निकायबाट स्वीकृति लिएर आलोपालो सेवा प्रवाह गर्न सक्नेछ भने अत्यावश्यकबाहेकका अन्य सेवालाई स्थगित गरिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ६ : ३० बजे

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन