२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४ हजार ८३१ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९७ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

१२ हजार ५८७ जनाको पीसीआर र ९६३ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख १७ हजार ५३० पुगेको छ ।

यस्तो छ जिल्लागत विवरण

मन्त्रालयका अनुसार प्रदेश १ को उदयपुरमा ५, ओखलढुंगामा ४, खोटाङमा १, झापामा ६५, ताप्लेजुङमा ८, धनकुटामा ३, भोजपुरमा १, मोरङमा १३७, संखुवासभामा १, सुनसरी ५४ र सोलुखुम्बुमा १ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा ६०, पर्सामा १५०, बारामा ३०, महोत्तरीमा २४, रौतहटमा २१, सप्तरीमा ८, सर्लाहीमा २१ र सिरहामा १२ जनामा कोरोना पाइएको छ।

बाग्मती प्रदेशको काठमाडौंमा मात्र १ हजार १२७ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ५१, चितवनमा १३०, दोलखामा ९, धादिङमा १७, नुवाकोटमा ३५, भक्तपुरमा १८२, मकवानपुरमा ४, रसुवामा ११, रामेछापमा १९, ललितपुरमा २५२, सिन्धुपाल्चोकमा २१ र सिन्धुली २५ जनामा कोरोना पुष्टि भएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ११२, गोरखामा १९, तनहुँमा ९, नवलपरासी पूर्वमा २७, पर्वत ५, मनाङ १, म्याग्दी ५, लमजुङमा ९, बागलुङमा ७ र स्याङजामा १८ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १८, कपिलवस्तुमा ४१, गुल्मीमा २६, दाङमा १८१, नवलपरासीमा ४१, पाल्पामा ८६, प्यूठानमा ११, बर्दियामा २४, बाँकेमा ४८९, रुकुम पूर्व ३, रुपन्देहीमा ५२८ र रोल्पामा ३ जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १, जाजरकोटमा ३, जुम्ला १४, डोल्पा १, दैलेखमा ६, रुकुम पश्चिममा ५, सल्यानमा १२, सुर्खेतमा १३६ र हुम्लामा १ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा १३, कञ्चनपुरमा ६३, कैलालीमा ३३९, डडेल्धुरामा ८, डोटी ३५, दार्चुला २, बझाङमा ९, बाजुरामा १ र बैतडीमा ३० जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ५ : २३ बजे

विश्वमै अनुपम नेपाल-भारत सैन्य सम्बन्ध

नेपाल र भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धको एउटा बलियो स्तम्भ यी

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका

भरतपुरको गेस्ट हाउस चौरमा ‘शहीद मैदान’ बनाइँदै

चितवन– चितवनको भरतपुर महानगरपालिका–१० स्थित गेस्ट हाउस चौरमा ‘शहीद मैदान’

पाँच वर्षे छोरालाई आमाको आशीर्वाद- ‘सरी’ भन्ने बानी कहिल्यै नत्याग्नू !

चिठ्ठी साहित्य प्रिय बाबु आयान्स,असीम माया !तिमी अहिले पाँच वर्षका

मधेस प्रदेश सरकारले प्रहरीलाई १२ पिकअप हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई