कोरोना संक्रमित पूर्वरानी कोमललाई प्लाज्मा थेरापीबाट उपचार गर्ने तयारी « Khabarhub

कोरोना संक्रमित पूर्वरानी कोमललाई प्लाज्मा थेरापीबाट उपचार गर्ने तयारी


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— कोरोना भाइरस संक्रमित पूर्व रानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार गरिने भएको छ ।

कोरोना संक्रमण भएपछि नर्भिक अस्पतालको आइसीयुमा उपचार गराइरहेकी पूर्वरानी शाहलाई प्लाज्मा थेरापीबाट उपचार गर्ने तयारी गरिएको हो ।

अस्पताल स्रोतका अनुसार हाल उनको लागि प्लाज्माको खोजी भइरहेको छ ।

हाल उनलाई अक्सिजनको मात्रा कम देखिएपछि आइसियुमा राखेर उपचार भइरहेको छ । उनलाई हाइफ्लोमा अक्सिजन दिइरहेको विहान अस्पतालले विज्ञप्ति जारी गरी जनाएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि पूर्वराजदम्पति ज्ञानेन्द्र – कोमल र पूर्व अधिराजकुमारी प्रेरणाको काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

पूर्वराजदम्पति भारतको कुम्भमेलामा सहभागी भएर ५ वैशाखमा फर्केपछि ७ गते कोरोना पुष्टि भएको थियो ।
त्यसपछि ११ वैशाखमा अस्पताल भर्ना गरिएका शाह दम्पति र छोरी मध्ये छोरीको अवस्था सामान्य रहेको बताइएको छ भने पूर्वराजालाई अक्सिजन सपोर्टमा राखिएको छ ।

पूर्वराजाको भारत भ्रमणको टोलीमा संलग्न अरु केहीलाई संक्रमण देखिए पनि त्यस्तो अफ्ठ्यारो नभएको बताइएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ६ : ४२ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित