धार्मिक कार्यक्रममा भागदौड हुँदा इजरायलमा कम्तीमा ३८ जनाको मृत्यु | Khabarhub Khabarhub

धार्मिक कार्यक्रममा भागदौड हुँदा इजरायलमा कम्तीमा ३८ जनाको मृत्यु


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इजरायलमा एक धार्मिक कार्यक्रममा भागदौड हुँदा कम्तीमा ३८ जनाको मृत्यु भएको छ ।

हासिडिक यहुदी पर्व मनाउने क्रममा भेला भएका मानिसहरुबीच भागदौड मच्चिभएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।

उत्तरी इजरायलस्थित माउन्ट मेरोनको फेदीमा दशौँ हजार मानिस यहुदी पर्व मनाउन भेला भएका थिए। भागदौडमा परेर सयभन्दा बढी मानिस घाइते भएका छन् ।

आपत्कालीन सेवा प्रदायकहरूले घटनास्थलमा घाइतेहरूको उपचार गरिरहेका छन्। तर धेरै भिड भएकाले उद्धार कार्यमा कठिनाइ भएको उनीहरुले बताएका छन्।

हरेक वर्ष मनाइँने उक्त पर्व कोरोना भाइरसको महामारीका कारण अघिल्लो वर्ष रोकिएको थियो। यसपालिको कार्यक्रममा एक लाखभन्दा बढी मानिस सहभागी भएका थिए। नाचगान चलिरहेका बेला एक्कासी भागदौड मच्चिएको हो। भागदौडको कारण खुलेको छैन।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले घटनालाई ठूलो क्षति भनेका छन्।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ९ : ५२ बजे

मापदण्डविपरीत सञ्चालित उद्योगलाई कारबाही

सिरहा– लहानमा मापदण्डविपरीत सञ्चालन भएका पिउने पानी प्रशोधन उद्योग कारबाहीमा

सन्तान बेवारिसे छोड्ने घटनाले जन्माएको प्रश्न- दोषीलाई कानूनले किन चिन्दैन ?

काठमाडौं – एक किशोरीले आफू बेपत्ता भएको १४ वर्षपछि आफ्नो

भूकम्पपछि रुसको कुरिल द्वीपसमूहमा सुनामी

काठमाडौं– प्रशान्त महासागरमा आएको शक्तिशाली भूकम्पपछि बुधबार बिहान रुसको उत्तरपूर्वी

बागमती प्रदेश कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदान हुँदै

हेटौँडा– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि

वीरगञ्जबाट भित्रिए ६८ हजार ७४३ सवारीसाधन

वीरगञ्ज– गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट ६८ हजार ७४३ सवारीसाधन