कोरोना संक्रमित रुकुम पश्चिमका एक पुरुषको मृत्यु « Khabarhub

कोरोना संक्रमित रुकुम पश्चिमका एक पुरुषको मृत्यु


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम पूर्व– कोरोना संक्रमणदर तीव्र हुँदै गर्दा रुकुममा फेरि एक जनाले ज्यान गुमाएका छन् ।

जिल्ला अस्पताल सल्लेको आइसोलेसनमा उपचाररत ६० वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको हो ।

अस्पतालका अनुसार उनको राति साढे १२ बजे मृत्यु भएको हो।

ती पुरुषलाई बिहीबार दिउँसो १२ बजे अस्पतालमा भर्ना गरिएको थियो। केही दिनदेखि ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

जिल्ला अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

दोस्रो चरणको कोरोना शुरू भएयता रुकुम पश्चिममा ९६ जनामा संक्रमण पुष्टि भएको कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले जानकारी दिए। गत वर्ष र यो वर्ष गरी ३५८ जनामा कोरोना संक्रमण भइसकेको छ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ९ : ३८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना