प्रदेशसभा सदस्यले आधा महिनाको तलब विपद् कोषमा जम्मा गर्ने « Khabarhub

प्रदेशसभा सदस्यले आधा महिनाको तलब विपद् कोषमा जम्मा गर्ने


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली— दोस्रो लहरको कोभिड–१९ को सङ्क्रमण बढ्दै जान थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि नेकपा माओवादी केन्द्रबाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्यहरुले आधा महिनाको पारिश्रमिक विपद् कोषमा सहयोग गर्ने भएका छन् ।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहीबार साँझ बसेको संसदीय दलको बैठकले कोरोनाको रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि आधा महिनाको पारिश्रमिक कर्णाली सरकारको विपद् कोषमा सहयोग गर्ने निर्णय भएको केन्द्रका प्रमुख सचेतक सीताकुमारी नेपालीले जानकारी दिइन् ।

त्यस्तै बैठकमा दलसँग आबद्ध प्रदेशसभा सदस्यहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश सरकारका निकायहरु, स्थानीय तह, अन्य राजनैतिक दल, स्थानीय प्रशासन, स्वास्थ्यकर्मी, पत्रकार सञ्चारकर्मी, नागरिक समाजसँग समन्वय गरी कोभिड–१९ प्रतिकार्य, रोकथाम, नियन्त्रण तथा उपचारका लागि कामलाई प्रभावकारी बनाउन आवश्यक सहजीकरण, समन्वय एवं अनुगमन गर्ने निर्णय भएको छ ।

बैठकमा दल नेता एवं मुख्यमन्त्रीले कोरोनाको रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यको काममा सरकारले गरिरहेको पहल र विकास निर्माण तथा चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्थाका साथै समसामयिक राजनीतिक परिस्थिति र दलले खेल्नुपर्ने भूमिकाबारे जानकारी दिएको प्रमुख सचेतक नेपालीले बताइन् ।

उहाँका अनुसार प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सरकारले लिनुपर्ने नीति एवं प्राथमिकताका बारेमा बैठकमा सहभागी प्रदेशसभा सदस्यहरुले आवश्यक सुझाव दिएका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  १ : ३० बजे

‘ताखु’बाट धागो कात्दै कालिकोटका बल बहादुर (तस्बिरहरू) 

काठमाडौं– संघीय राजधानी काठमाडौंको हनुमानढोका दरबार स्क्वायर आउने प्रायः आगन्तुकहरूले

निर्वाचनको तयारी : राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला

सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा स्थानीय समस्यामा

भोजपुर– भोजपुरमा वषौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा अहिलेसम्म सरकारीकरण

जेन-जी आन्दोलनः गगन थापाले कार्यकर्तालाई सुनाए काठमाडौंमा डेरा नपाएको पीडा…

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनमा आफ्नो

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत– पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्