नेपाल समूहले देशभर १० हजार युवा परिचालन गर्ने « Khabarhub

नेपाल समूहले देशभर १० हजार युवा परिचालन गर्ने


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह निटक युवा संघ नेपालले कोरोना महामारी रोकथामका लागि देशभर दश हजार स्वयम् सेवक परिचालन गर्ने भएको छ ।

केन्द्रीय कार्यालय बबरमहलमा बसेको केन्द्रीय कार्यालय कमिटीको बैठकले स्वयम् सेवक परिचालन गर्न केन्द्रीय समन्वय कमिटीले संयोजन गर्ने प्रवक्ता सञ्जीव राईले जानकारी दिए ।

संघका उपाध्यक्ष नितेश पौडेलको संयोजकत्वमा संयोजन कमिटी बनेको छ ।

देशभर परिचालित हुने युवाहरुले कोरोना महामारीविरुद्ध रोकथामबारे आमनागरिकलाई सचेत गराउने र उपचार नपाइरहेका संक्रमितहरुलाई समन्वय गर्ने प्रवक्ता राईले बताए ।

संघले कोरोना रोकथाम तथा उपचारका क्रममा अनियमितता र भ्रष्टाचार हुन नदिन खबरदारी पनि गर्ने भएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  १ : ४५ बजे

इरान युद्धमा एक्लिँदै ट्रम्प : नाटो देशहरूले भने, ‘त्यो हाम्रो लडाइँ होइन’

तेहरान- इरानमा सर्वोच्च नेता अली खामेनेईसहित ४० भन्दा बढी अधिकारी

दुई सय पाँच गोही राप्तीमा छाडियो

चितवन– चितवन राष्टिय निकुञ्जमा हुर्काइएका घडियाल गोहीमध्ये २५० गोहीलाई राप्ती

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली– यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर दिँदा

बागलुङमा ११ सडक धमाधम स्तरोन्नति हुँदै

बागलुङ– बागलुङमा आधा अर्बको लागतमा साना–ठूला ११ सडक आयोजना धमाधम

सुनको मूल्य करिब साढे पाँच हजार रुपैयाँले घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।