नबिल बैंकद्वारा युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न सम्झौता « Khabarhub

नबिल बैंकद्वारा युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न सम्झौता


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ति) गर्ने भएको छ। शुक्रबार नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने विषयमा सम्झौता भएको छ।

बैंकका मर्जर कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र फाइनान्सका मर्जर कमिटीका संयोजक मनिषकुमार खेमकाले प्राप्तिका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। नबिलले युनाइटेडलाई रु ३५ स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो।

प्राप्तिपछि युनाइटेड फाइनान्सको सम्पूर्ण कारोबार नबिलकै नाममा हुने र संचालक समिति पनि नबिल बैंककै रहने गरि सम्झौता भएको छ। उक्त सम्झौता पश्चात प्राप्तिका लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि प्रकृया अगाडि बढाइने छ र समयमै स्वीकृति पाएमा यथासिघ्र संयुक्त कारोबार नबिल बैंकले गर्नेछ।

सोही अनुसार नबिल बैंकको शाखा सञ्जाल वृद्धी भइ १४७ हुनेछ। नबिल बैंकको काठमाडौं उपत्यका भित्र मात्र शाखा सञ्जाल वृद्धी भइ ३७ हुनेछ। एटीएम संख्या भने १९० हुनेछ। निक्षेपको अंक रु २१६ अर्ब हुनेछ भने कर्जाको अंक रु २०१ अर्ब हुनेछ (चैत्र मसान्तको वित्तीय विवरण अनुसार)। यसले गर्दा नबिल बैंकको कर्जा एवं निक्षेप दुवैको अंक २ खर्ब माथि हुनेछ।

नबिल बैंकले मर्जर तथा प्राप्ति प्रकृयामा जान पहिलो पटक यस वर्षको साधारण सभाबाट पारित गरेको थियो र सोही वर्षनै प्राप्ति सम्झौताको घोषणा पनि गरेको छ। यो प्राप्तिसँगै नबिल बैंकले बजारमा आफ्नो नविन सेवा र थप शाखा सञ्जाल मार्फत नयाँ रणनीति अनुसार बजारमा उपस्थित हुने छ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  २ : १३ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी