राजवंशीको निधनले सफल शिक्षासेवी गुमायौँ- प्रधानमन्त्री ओली « Khabarhub

राजवंशीको निधनले सफल शिक्षासेवी गुमायौँ- प्रधानमन्त्री ओली


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले  सिद्धार्थ बनस्थली स्कूलका संस्थापक लक्ष्मण राजवंशीको निधनले देशमा सफल शिक्षासेवी गुमाएको बताएका छन् ।

गत वैशाख ११ गते उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएका राजवंशकीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै प्रधानमन्त्री ओलीले शोकसन्तप्त परिवारमा समवेदना पनि व्यक्त गरेका छन् ।

राजवंशीले संविधान निर्माणमा पुर्‍याएको योगदानलाई स्मरण गर्दै प्रधानमन्त्री ओलीले समवेदना सन्देशमा भनेका छन्, ‘ देशमा गुणस्तरीय शिक्षा प्रदान गर्न एवं देशभरका शिक्षा प्रदायकलाई त्यसतर्फ प्रेरित गर्न सक्रिय रहनुभएका राजवंशीले संविधानसभा सदस्यका रूपमा नेपालको संविधान निर्माणमा पुर्‍याउनु भएको योगदानको यस क्षणमा म स्मरण गरिरहेको छु ।’

राजवंशी नेपाः राष्ट्रिय पार्टीको तर्फबाट यसअघि सांसद समेत बनेका थिए । उनका एक श्रीमती, दुई छोरा र एक छोरी छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ८ : १८ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी