कोरोना संक्रमणका कारण अभिनेता विक्रमजीतको निधन « Khabarhub

कोरोना संक्रमणका कारण अभिनेता विक्रमजीतको निधन


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड अभिनेता विक्रमजीत कंवरपालको कोरोना संक्रमणका कारण निधन भएको छ । उनी ५२ वर्षका थिए ।

अमर उजालामा प्रकाशित समाचारअनुसार फिल्म निर्माता अशोक पण्डितले अभिनेताको निधनमा शोक व्यक्त गरेका छन् ।

‘आज बिहान कोभिडका कारण अभिनेता मेजर विक्रमजीत कंवरपालको निधनका बारेमा सुनेर दुःख लागेको छ । उनी एक सेवानिवृत्त सेना अधिकारी थिए । जसले कैयौं फिल्महरु र टेलिभिजन सिरियलमा सहायक भूमिका निभाएका थिए । उनको परिवार तथा आफन्तप्रति हार्दिक समवेदना’, उनले ट्वीट गरेका छन् ।

भारतीय सेनाबाट सेवानिवृत्त भएपछि विक्रमजीतले सन् २००३ मा आफ्नो अभिनय करियर सुरुवात गरेका थिए । उनले ‘पेज ३’, ‘रकेट सिंहः सेल्समेन अफ द ईयर’, ‘आरक्षण’, मर्डर २’, ‘२ स्टेट्स’ र ‘द गाजी अटैक’ जस्ता फिल्ममा अभिनय गरेका थिए ।

फिल्मबाहेक उनले टेलिभिजन सिरियल ‘दीया और बाती हम’, ‘ये हैं चाहते’, ‘दिल ही तो है’ र ‘२४’मा प्रमुख भूमिका निभाएका थिए ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ११ : १५ बजे

बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा

नेपालगञ्ज– किसानलाई आवश्यक पर्ने रासायनिक मल बाँकेमा मौज्दात रहे पनि वितरण

सशस्त्रले नियन्त्रणमा लिएका ७७९ विद्युतीय गाडीबारे सरकारले बनायो छानबिन समिति

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट

सगरमाथा क्षेत्रमा एक सातापछि जीवितै भेटिएका शेर्पाको स्वास्थ्यमा सुधार 

काठमाडौं– सगरमाथा आधार शिविरमा बेपत्ता भएर एक सातापछि जीवितै उद्धार

सुधन गुरुङबारे छानबिन समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन 

काठमाडौं – तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन

नेपालमा सुरु भयो उबरको सेवा (तस्बिरहरू)

काठमाडौं– विश्वव्यापी राइड सेयरिङ एप उबरले आजदेखि नेपालमा आफ्नो आधिकारिक