आरके हाउस बेच्दै रणधीर « Khabarhub

आरके हाउस बेच्दै रणधीर


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता रणधीर कपूर केही समयदेखि चर्चामा छन् । ७४ वर्षे यी अभिनेतालाई केही दिन अघि कोरोना संक्रमण भएपछि उनलाई आईसीयूमा भर्ना गरिएको छ । अहिले उनी अस्पतालमै उपचाररत छन् ।

बलिउड लाइफमा प्रकाशित समाचारअनुसार उनको स्वास्थ्यमा केही सुधार हुँदै आएको छ । यहीबीचमा उनले आफ्नो खानदानी आरके हाउस बेच्ने योजना बनाएका छन् ।

पैतृक घर बेचेपछि उनी आफ्नो बान्द्रास्थित घरमा सर्ने योजना बनाउदैछन् । उनको बान्द्रास्थित घर निर्माण भइसकेर तयारी अवस्थामा छन् । कोरोना मामलामा आएको तिब्रतासँगै उनले यो निर्णय लिएका हुन् ।

‘राजीव कपूरको निधन पछि आरके हाउसमा बस्ने मन छैन । मलाई एक्लोपनको महशुस भइरहेको छ । अब म आफ्नो परिवारसँग नजिक रहन चाहन्छु । बान्द्रा सरेपछि म बबीता, करीना कपूर र करिश्मा कपूरसँग नजिक हुनेछु’, रणधीरले एक अन्तरवार्तामा भनेका छन् ।

गत वर्ष रणधीरले आफ्नो भाइ राजीव र ऋषि कपुर गुमाए । भाइ राजीवको मृत्युपछि रणधीर घरको सम्पत्ति बेच्ने योजना बनाइरहेका छन् ।

यो समयमा रणधीरको दिवंगत भाइ राजीवको सम्पत्तिलाई लिएर विवाद चलिरहेको छ । राजीवको कोही सन्तान छैन । सन्तान नभएका कारण यो मामला अदालत पुगेको छ । सोमबारमात्रै बम्बई हाइकोर्टले रणधीर र रीमा जैनसँग सम्पत्तिको अन्डरटेकिङ मागेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ८ : १० बजे

बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा

नेपालगञ्ज– किसानलाई आवश्यक पर्ने रासायनिक मल बाँकेमा मौज्दात रहे पनि वितरण

सशस्त्रले नियन्त्रणमा लिएका ७७९ विद्युतीय गाडीबारे सरकारले बनायो छानबिन समिति

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट

सगरमाथा क्षेत्रमा एक सातापछि जीवितै भेटिएका शेर्पाको स्वास्थ्यमा सुधार 

काठमाडौं– सगरमाथा आधार शिविरमा बेपत्ता भएर एक सातापछि जीवितै उद्धार

सुधन गुरुङबारे छानबिन समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन 

काठमाडौं – तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन

नेपालमा सुरु भयो उबरको सेवा (तस्बिरहरू)

काठमाडौं– विश्वव्यापी राइड सेयरिङ एप उबरले आजदेखि नेपालमा आफ्नो आधिकारिक