सरकारकै लापरबाहीले कोरोना संक्रमण बढेको नेता पुनको आरोप | Khabarhub Khabarhub

सरकारकै लापरबाहीले कोरोना संक्रमण बढेको नेता पुनको आरोप


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले सरकारको विज्ञप्तिले त्रास फैलाएको टिप्पणी गरेका छन् ।
उनले कोरोना रोकथाम तथा न्यूनीकरणमा सरकार नलागी गम्भीर लापरबाही गरेको पनि बताए । सरकारले नै लापरबाही गरेर भीड जम्मा गरेको र पछि सक्दिन भनेर हात उठाउनु गैरजिम्मेवार भएको उनको भनाइ छ ।

सरकारले उक्त कुरा तुरुन्तै सच्याएर जनताको चेकजाँच र स्वास्थ्य उपचारमा ध्यान पुर्‍याउनुपर्ने उनले बताए । उनले भने ‘आफैँ लापरबाही गरेर, हजारौँ हजारको मास जम्मा गरेर, सुरुमा सम्भावित जोखिमका लागि तयारी पनि नगर्ने सरकार, जोखिम बढेपछि म सक्दिनँ भनेर हात उठाउने असाध्यै गैरजिम्मेवार कुरा हो, यसरी सरकार, राज्य केही पनि चल्न सक्दैन । यो कुरालाई तुरुन्त सच्याउनुपर्छ र जिम्मेवारीपूर्वक जनताको स्वास्थ्योपचार, चेकजाँच, परीक्षणका कुराहरूलाई ध्यान दिनुपर्छ ।’

नेता पुनले कोरोना संक्रमण नियन्त्रणका लागि निजी अस्पतालसँग समन्वय गर्नुपर्ने र थप आइसोलेसन सेन्टरका लागि विभिन्न सार्वजनिक ठाउँहरूमा युद्धस्तरमा काम थाल्नुपर्ने पनि बताए ।

सरकारले अन्य राजनीतिक दलहरू र आमजनतालाई परिचालन गर्न नसकी जनतालाई जबर्जस्त मृत्युको मुखमा धकेल्ने प्रयत्न गरको भन्दै कोरोना नियन्त्रणका लागि सर्वदलीय संयन्त्र बनाउन प्रधानमन्त्रीसँग माग पनि गरे ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ९ : ४५ बजे

बाढीपहिरो पीडितको रकम गायब बनाएका गाउँपालिका अध्यक्षलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

सुर्खेत- कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाका बाढीपहिरो पीडितका नाममा सङ्कलन भएको

पर्यटन प्रवर्द्धन गर्न लाङटाङ ट्रेल रन सुरु (तस्बिरहरू) 

काठमाडौं– लाङटाङ, क्यान्जिन भ्यालीसहित रसुवा र नुवाकोटको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले

सुनसरीबाट ब्राउनसुगरसहित ९ जना पक्राउ

सुनसरी– सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित भन्सार कार्यालय अगाडिबाट प्रहरीले ९

युक्रेनमा रुसी हवाई आक्रमण, पाँच जनाको मृत्यु, दर्जनौं घाइते

एजेन्सी– युक्रेनका विभिन्न शहरहरूमा शनिबार बिहान भएको रुसी हवाई आक्रमणमा

हुलाक सेवासँगै व्यापार गर्न जरुरी : सञ्चारमन्त्री गुरुङ

मोरङ– सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक