लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरूद्ध आज अविश्वासको प्रस्ताव टेवल हुँदै « Khabarhub

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरूद्ध आज अविश्वासको प्रस्ताव टेवल हुँदै


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनमार्फत आज मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वासको प्रस्ताव अघि बढाइँदै छ । त्यसका लागि सभाको बैठक दिउँसो १ बजे डाकिएको छ ।

मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभा गत वैशाख ६ गते सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव आजकै बैठकमा पेश हुने शनिबारको कार्यव्यवस्था परामर्श समितिको बैठकले निर्णय गरेको छ ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा मुख्यमन्त्रीमा प्रस्तावित कुलप्रसाद केसीले प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

त्यसपछि मुख्यमन्त्री पोखरेलले सोमबार जवाफ दिएर अविश्वासको  प्रस्तावमा मतदान हुने कार्यसूची तय गरिएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस र नेकपा माओवादी केन्द्रले एमालेको असहमतिका बीच  कोरोना संक्रमणको महामारी भएकाले एकै दिनमा अविश्वासको प्रस्ताव टुंगो लगाउन सहमत भएका हुन् ।

गत वैशाख ६ मा कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीका ४१ सांसदले हस्ताक्षर गरेर प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । हस्ताक्षर गरेकामध्ये जनता समाजवादी पार्टीका तीन सांसद मन्त्री बनेका छन् । तर चार जनालाई ह्विप उल्लंघन गरेको भन्दै जसपाले कारबाही गरेर सांसद पद गएको छ ।

यद्यपि जसपाकै महन्थ ठाकुर र राजेन्द्र महतो पक्षधरले बाबुराम भट्टराई र उपेन्द्र यादब पक्षले गरेको कारबाहीको आधिकारिकतामाथि प्रश्न उठाएको छ ।  कारबाही गरिएका चार सांसद कानूनी लडाइँमा छन् ।

८७ सदस्य रहेको प्रदेशसभामा हाल ८१ सांसद छन् । अविश्वासको प्रस्ताव पारित हुन ४१ सांसद आवश्यक पर्दछ । सत्तारुढ नेकपा एमालेसँग ४१ सांसद छन् । कांग्रेसका १९, माओवादी केन्द्रका १७, कारबाहीपछि जसपाका २ र राष्टिय जनमोर्चाका १ सांसद छन् ।

फ्लोर क्रस नभए मुख्यमन्त्री पोखरेलले विश्वासको मत पाउने छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ८ : २० बजे

कोलम्बियाले जेरुसेलममा खोल्यो इजरायलका लागि दूतावास

एजेन्सी– कोलम्बियाले बुधबार जेरुसेलममा इजरायलका लागि आफ्नो दूतावास औपचारिक रूपमा

रास्वपा महिला सांसदको एउटै आवाज- खगेन्द्र सुनारलाई बहिष्कार गर्छौ 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महिला सांसदहरूले सांसद

चाडपर्वको मुखमा यात्रुलाई दुःख दिने र चालकसँग पैसा माग्ने तीनजना पक्राउ

काठमाडौं– सार्वजनिक यातायातका यात्रुलाई दुःख हैरानी दिने र यातायात कम्पनीमा

चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

रौतहट– चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक

४७ थरीका औषधिको आयात र नयाँ उत्पादनमा रोक

काठमाडौं– औषधि व्यवस्था विभागले अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेका ४७ थरीका