तीन बालकको शव अनुसन्धानमा प्रहरीको विशेष टोली « Khabarhub

तीन बालकको शव अनुसन्धानमा प्रहरीको विशेष टोली


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दाङको तुलसीपुरमा भारतीय कारमा भेटिएको तीन बालकको शव अनुसन्धानमा प्रहरीले विशेष टोली खटाएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्याउली बजारमा रोकिराखिएको भारतीय जे ०१६६०८८५ नम्बरको कारमा शनिबार राति तीन बालक मृत फेला परेका थिए ।

नेपालगञ्जबाट कुकुरसहितको विशेष टोली घटनाको अनुसन्धानमा सक्रिय भएको दाङका एसपी गणेश चन्दले जानकारी दिए ।

शव पोष्टमार्टमको लागि अस्पताल पुर्‍याइएको र त्यसको रिपोर्टका आधारमा थप विषय खुल्ने अपेक्षा राखिएको उनले बताए ।

शवको सनाखत भइसकेको जनाइए पनि प्रहरीले नाम, ठेगाना सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ९ : २० बजे

ठमेलको क्यासिनो भारतीय गिरोहको अपराध अखडा : चुम्बकीय तास र विशेष लेन्सको सहयोगमा गर्थे ठगी

काठमाडौं– ठमेलस्थित छाया सेन्टरको वाल्डो डाइनास्टिक इन्टरटेनमेन्ट प्रालिमा सञ्चालित क्यासिनो

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्न राष्ट्रिय अभियान सुरु 

काठमाडौं– नेपालमा कार्यरत लाखौँ अनौपचारिक र स्वरोजगार श्रमिकहरूलाई सामाजिक सुरक्षाको घेराभित्र

रास्वपाको कार्यालयमा पुग्यो उच्चस्तरीय राजनीतिक वार्ता टोली

काठमाडौं– उच्चस्तरीय राजनीतिक वार्ता समितिले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी  कार्यालयको

आत्मनिर्भर बनाउन सीप सिकाउँदै रामपुर

तानसेन– यहाँको रामपुर नगरपालिकाले नगरवासीलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम

भेडेटारमा पुस १६ देखि १८ गतेसम्म खाना महोत्सव आयोजना हुने

काठमाडौं– धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटारमा पुस १६ देखि १८