नीति तथा कार्यक्रम प्रस्तुत हुने भएपछि कर्मचारीलाई भ्याइनभ्याइ ! « Khabarhub

नीति तथा कार्यक्रम प्रस्तुत हुने भएपछि कर्मचारीलाई भ्याइनभ्याइ !


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौैं– सरकारले आगामी आर्थिक वर्षका लागि तयार पारेको नीति तथा कार्यक्रम आज शुक्रबार प्रस्तुत गर्ने भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक आज बोलाइएको छ ।

अपरान्ह ४ बजे बोलाइएको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीबाट शुक्रबार अपरान्ह्र आव २०७६–७७ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम तय भएपछि नयाँ बानेश्वरस्थित संघीय संसद भवन झकिझकाउ पारिएको छ ।

यही नीति तथा कार्यक्रमका आधारमा आगामी बजेट तय हुनेछ । अघिल्लो वर्ष दुई तिहाई मतसहितको वर्तमान सरकारले ल्याएका नीति तथा कार्यक्रमले शक्तिशाली सरकारले भनेजस्तो कार्यक्रम ल्याउन नसकेको भन्दै आलोचना भएपछि यसपटक समृद्ध मुलुक बनाउने विषय नीति तथा कार्यक्रममा समावेश गरिएको सरकारी पक्षको दाबी छ ।

यही नीति तथा कार्यक्रमलाई टेकेर जनमुखी बजेट ल्याउने अर्थमन्त्रालयले जनाएको छ । यो पटकको बजेटमार्फत जनताले गुनासो गर्ने आधार नराख्ने मन्त्रालयको दाबी छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ११ : २७ बजे

रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

जसपा नेपाल र लोसपाबीच एकता हुने

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी

चन्दा सङ्कलन गरी ३३ फिट अग्लो शिव मूर्ति निर्माण हुँदै

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका स्थानीय चन्दा सङ्कलन गरी

एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न फागुन २१ गते

हात्ती ‘पेनाल्टी’ प्रतियोगितामा लक्ष्मीकली प्रथम

चितवन – सौराहामा सम्पन्न १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२