शुक्रबार र शनिबार हेलिकोप्टर नउडाउन सरकारको अनुरोध | Khabarhub Khabarhub

शुक्रबार र शनिबार हेलिकोप्टर नउडाउन सरकारको अनुरोध


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– हिमाली क्षेत्रमा उच्च हिमपान हुने संभावना रहेको भन्दै सरकारले शनिबार र शुक्रबार हेलिकोप्टर नउडाउन अनुरोध गरेको छ ।

गृह मन्त्रालयअन्तर्गतको आपातकालीन कार्य सञ्चालन केन्द्रले देशको पूर्वी हिमाली क्षेत्रमा ठूलो हिमपात हुने संभावना रहेकाले हेलिकोप्टर नउडाउन भनेको हो ।

हाल भारतको उडिसा राज्यमा सक्रिय रहेको चक्रावत फानी नामक ‘आँधी’ले नेपालमा पनि प्रभाव पार्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार चक्रावत फानीकै कारण शुक्रबार र शनिबार देशभरको मौसम परिवर्तन हुने र देशका अधिकांश ठाउँमा हावाहुरी चल्ने संभावना छ ।

गृह मन्त्रालयले पर्यटकहरुलाई समेत सुरक्षित ठाउँमा रहन अनुरोध गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले चक्रावत फानीले पार्ने संभावित असरलाई मध्यनजगर गरी आवश्यक तयारी गरिएको जानकारी दिए ।

 

 

केहिबेरमा काठमाडौंसहित देशभर हावाहुरी चल्ने, सचेत रहन आग्रह

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ११ : ३७ बजे

मुटुरोग विशेषज्ञ डा कोजुको ‘मुटुको कथा’ सार्वजनिक

काठमाडौं– वरिष्ठ मुटुरोग विशेषज्ञ डा राजेन्द्र कोजुको ‘मुटुको कथा’ शीर्षकको

पर्यटन नेपालको समृद्धिको आधार हो : मन्त्री दाहाल

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पर्यटन क्षेत्र

बाजुराका स्थानीयको खुसी – गाउँमा फोरजी चल्दा दंग 

धनगढी – शहरमा बस्ने र सुविधा भोग गर्नेलाई पत्याउन गाह्रो पर्छ

सुकुटेमा ‘बिच भलिबल’ प्रतियोगिता शुरु

सिन्धुपाल्चोक– आजदेखि पर्यटकीय क्षेत्र सुकुटेमा सातौँ महिला तथा आठौँ पुरुष

ओलीले संसद् छलेर अध्यादेशको बाटो हिँड्दा कांग्रेस पिछलग्‍गु भयो : माधव सापकोटा (अन्तर्वार्ता)

काठमाडाैं – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली