तपाईंको मास्क खोई ? अभियानमा तीव्रता | Khabarhub Khabarhub

तपाईंको मास्क खोई ? अभियानमा तीव्रता


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनिकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोइ ?’ कार्यक्रमलाई तीव्रता दिइएको छ ।

उक्त कार्यक्रम अन्तरगत पछिल्लो २४ घण्टामा मास्क नलगाई हिँड्ने १४ हजार ७३९ जनालाई निःशुल्क मास्क वितरणसमेत गरिएको छ ।

नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा त्यसलाई रोक्न प्रहरीले विभिन्न सचेतनामुलक कार्यक्रमसहित मास्क वितरण गरिरहेको हो । यस्तै मापदण्ड उल्लङ्घन गर्नेलाई कारवाहीसमेत गरिएहेको प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले जानकारी दिए ।

तोकिएको सुरक्षा मापदण्डलाई कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘सङ्क्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्दै विभिन्न सचेतनामूलक कार्यक्रम अभियानकैरुपमा सञ्चालन गरेको छ ।

अभियानको क्रममा पछिल्लो २४ घण्टामा मास्क नलगाई हिँडडुल गर्ने तीन हजार ७४६ जनालाई होल्डिङ जोनमा राखी सम्झाई बुझाई छाडिएको छ । तोकिएको मापदण्ड उल्लङ्घन गर्ने ५१५ जनालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको जनाइएको छ ।

साथै सोही क्रममा देशभर सञ्चालित सचेतनामूलक कार्यक्रममा ३१ हजार ८४१ जना सहभागी भएका छन् । कार्यक्रमअन्तर्गत नेपाल प्रहरीले विभिन्न स्थानमा कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सचेतनामूलक सन्देशसहितको माइकिङ, सवारी साधनको जाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शनलगायत कार्यक्रम गरिरहेको छ । यस्तै भीडभाड नगर्न, अनावश्यकरुपमा घर बाहिर हिँडडुल नगर्न, स्वास्थ्य सुरक्षाका मापदण्ड पालनाका अनुरोध गर्दै हिँडेको छ ।

अघिल्लो दिन ३३ हजार ७१५ जनालाई होल्डिङ जोनमा राखी मास्क लगाएर हिँड्ने सर्तमा छाडिएको छ । सोही अबधीमा तोकिएको मापदण्ड उल्लङ्घन गर्ने एक हजार ८६ जनालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको र १० हजार ७९४ जनालाई निःशुल्क मास्क वितरण गरेको प्रहरीले जनाएको छ । – रासस

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  १० : ४५ बजे

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक

खोलामा डुबेर बालिकाको मृत्यु

मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–५ देउरालीस्थित खोलामा

पतञ्जलि प्रकरणबारे माधव नेपालले भने : अदालतबाट न्याय पाउने विश्वास छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

यस्तो देखियो ‘बलिदान’मा सौगात मल्लको लुक्स

काठमाडौं – निर्देशक तथा निर्माता सन्तोष सेनको महत्वकांक्षी फिल्म ‘बलिदान’का

जुम्लाका किसानलाई जैविक मल वितरण

जुम्ला – कृषि विकास कार्यालयले यहाँका किसानलाई अनुदानमा जैविक मल