कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ४२ जिल्लामा निषेधाज्ञा (सूचीसहित) « Khabarhub

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ४२ जिल्लामा निषेधाज्ञा (सूचीसहित)


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुकभरका ४२ जिल्लामा निषेधाज्ञा भएको छ । ४२ मध्ये ११ जिल्लामा आंशिक निषेधाज्ञा लागु भएको छ भने ३१ जिल्ला पूर्ण निषेधाज्ञाको अवस्थामा छन् ।

सरकारले पहाडी क्षेत्रमा २०० सक्रिय संक्रमित तथा शहरी क्षेत्रमा ५०० सक्रिय संक्रमित पुगेमा निषाधाज्ञा गर्न सक्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएपछि  निषेधाज्ञा लागु गर्ने जिल्लाको संख्या ४२ पुगेको गृह मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकामा गएको १६ गतेदेखि निषेधाज्ञा छ भने अरु २८ जिल्लामा पूर्ण र ११ जिल्लामा आंशिक निषेधाज्ञा लागू भएको छ ।

गृह मन्त्रालयका अनुसार काठमाण्डौ, भक्तपुर, ललितपुर, बाँके, सुर्खेत, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, बर्दिया र रूपन्देहीमा जिल्लाभर निषेधाज्ञा छ । यसअघि ठाउँ विशेषमा निषेधाज्ञा गरिएको बर्दियामा आजदेखि आउँदो ३१ गतेसम्म पूर्ण रुपमा निषेधाज्ञा लागू भएको हो ।

बझाङ र बैतडीमा आज बिहानैदेखि निषेधाज्ञा लागू भएको छ भने अर्घाखाँचीमा आज रातिदेखि निषेधाज्ञा लागू हुनेछ । त्यस्तै सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, गुल्मी, प्यूठान, उदयपुर, बझाङ, कपिलवस्तु, नुवाकोट, धनुषा, अर्घाखाँची, बैतडी र दैलेखमा पूर्णरूपमा जिल्लाभर निषेधाज्ञा लागू गरिएको छ । कास्कीमा निषेधाज्ञाकाबीच जोरबिजोर प्रणालीमा सवारीसाधन गुडेका छन् ।

कपिलवस्तु, धादिङ, नुवाकोट र धनुषामा मंगलबार बिहानदेखि तथा दैलेखमा भोलि रातिदेखि निषेधाज्ञा लागू हुने गृहमन्त्रालयले जनाएको छ ।

बाग्लुङ, दार्चुला, मोरङ, काभ्रे, गोरखा, बाजुरा, मकवानपुर, कालीकोट, स्याङ्जा, रामेछाप र ताप्लेजुङमा ठाउँ तोकेर आंशिक निषेधाज्ञा लगाइएको छ ।

कहाँ कहाँ छ निषेधाज्ञा हेर्नुहोस् सूची

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ८ : ३५ बजे

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति