हत्या आरोपमा ३ जना पक्राउ « Khabarhub

हत्या आरोपमा ३ जना पक्राउ


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी–प्रहरीले गुल्मीको इश्मा गाउँपालिका–२ घर भई सोही गाउँपालिका–१ छिनुवा खोलास्थित न्यू भूमरी होटलका सञ्चालक २३ वर्षीय मोतीबहादुर कुँवरको हत्या आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा इश्मा गाउँपालिका–१ का २० वर्षीय सुशीकुमार र १८ वर्षीय २ किशोरहरु छन् । उनीहरुलाई प्रहरीले घटना भएको ८ महिना पछि गत शुक्रबार पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार गत वर्षको २२ भदौमा आफ्नै होटलभित्र रगताम्य अवस्थामा उनी फेला परेका थिए । बेहोस अवस्थामा फेला परेका उनलाई जिल्ला अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको थियो ।

प्रहरी अनुसन्धानअनुसार २१ भदौ राती मोतीबहादुरको होटलमा रक्सी पिउने क्रममा २०७७ भदौ ३ गते तीजको मेला हेर्न राहाले जाँदा मोतीबहादुरले बाटोमा बसेका युवायुवतीलाई लाइट देखाएको विषयको विवाद सुरु भएपछि झगडा हुँदा उक्त घटना भएको खुल्न आएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ११ : ३६ बजे

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि