कोरोना संक्रमण बढेछि जनगणना स्थगित « Khabarhub

कोरोना संक्रमण बढेछि जनगणना स्थगित


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केन्द्रीय तथ्यांक विभागले वैशाख २६ गतेदेखि गर्ने भनेको पहिलो चरणको जनगणनाको कार्यक्रम हालका लागि स्थगित गरेको छ ।

कोरोना संक्रमण बढेपछि १२औं जनगणनाको पहिलो चरण तत्कालका लागि स्थगित भएको हो ।

राष्ट्रिय योजना आयोगका अनुसार कोरोना संक्रमणका कारण मन्त्रिपरिषदबाट जनगणना अगाडि नबढाउने निर्णय भएपछि हाललाई स्थगित गरिएको हो ।

सरकारले स्थगित गर्ने निर्णय गरे पनि आधिकारिक पत्र भने नआइसकेको आयोगले जनाएको छ ।

संक्रमण दिनानुदिन बढ्दै गएपछि गणकहरुलाई कार्यस्थलमा खटाउन समस्या हुने भएका कारण अर्को सूचना जारी नभइञ्जेलसम्मका लागि गणना स्थगित गरिएको छ ।

नेपालले प्रत्येक १० वर्षमा राष्ट्रिय जनगणना गर्दै आएको छ । प्रत्येक वर्ष असार ८ गतेलाई जनगणना दिवसका रुपमा मनाउने गरिएको छ ।

‘मेरो गणनाः मेरो सहभागिता’नाराका साथ यस वर्ष केन्द्रीय तथ्यांक विभागले ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक नियुक्त गरेको थियो ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  १२ : २० बजे

नयाँले पुरानाको खेदो खनेर सुशासन खोजे : एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिले सुशासनलाई

दुई वर्षमा सक्नुपर्ने मल्याङ्दीखोला मोटरेबल पुलको काम २५ प्रतिशत मात्र

पर्वत– पर्वतको कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने मोटरेबल पुल

रातो मच्छिन्द्रनाथ जात्राको अनुत्तरित प्रश्न- ‘यो भोटो कसको हो ?’

काठमाडौँ उपत्यकाको सांस्कृतिक जीवनको सबैभन्दा महत्त्वपूर्ण र भव्य परम्परामध्ये एक

सरकारी कार्यालय आजदेखि बिहान ९ देखि साँझ ५ बजेसम्म (तस्बिरहरू)

काठमाडौँ– सरकारको निर्णयअनुसार सरकारी कार्यालय आजदेखि बिहान ९ देखि साँझ

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन– चितवनमा उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ रोगको