रामेछापको बाम्तीमा आगलागीमा परी एक दम्पतीको मृत्यु « Khabarhub

रामेछापको बाम्तीमा आगलागीमा परी एक दम्पतीको मृत्यु


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामेछाप— रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–२ बाम्तीमा आगलागीमा परी घरभित्रै जलेर एक दम्पतीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठका अनुसार सोमबार बिहान भएको आगलागीमा परी ७८ वर्षीय धनबहादुर कार्की र उनकी ६८ वर्षीया श्रीमती सीता कार्कीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार आगो लागेको थाहा पाउनेबित्तिकै त्यही घरमा सुतेका माइलो छोरा मनोहर कार्की झ्यालको ग्रिल फोरेर हाम फालेका थिए ।

मनोहर र नजिकै घर भएका ज्वाइँ मिलेर गर्भवती श्रीमती र ३ वर्षकी छोरीलाई निकालेका थिए । तर अर्को कोठातर्फ रहेका बाबुआमालाई भने उनीहरूले निकाल्न सकेनन् ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  १ : १४ बजे

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँ घर वा

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २८ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २८ गते बुधबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २८ गते बुधबार सन् २०२६ अक्टोबर

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान