पुराना वामपन्थी नेता शर्माको निधन « Khabarhub

पुराना वामपन्थी नेता शर्माको निधन


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मकवानपुरका पुराना वामपन्थी नेता तथा यातायातविज्ञ श्रीधर शर्माको निधन भएको छ । उनको सोमबार उपचारका क्रममा पाटन अस्पतालमा निधन भएको नेपाल कम्युनिष्ट पार्टी(एमाले) मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए । शिक्षक सङ्गठनका संस्थापकमध्ये एक शर्मा लामो समयदेखि रक्तअर्बुदरोगले ग्रसित थिए ।

एमाले नेता अनन्त पौडेलले नेता शर्माको निधनले नेपाली कम्युनिष्ट आन्दोलनलाई ठूलो क्षति पुगेको बताए । “शर्मा शिक्षक आन्दोलन, तत्कालीन नेकपा मालेको खुला मोर्चाका नेता तथा नेकपा मालेका भूमिगत नेताहरुलाई आश्रय दिने हेटौँडाका मुख्य आश्रयदाता हुनुहुन्थ्यो । नेकपा (एमाले)का नेता, नेपालको यातायात क्षेत्रका विज्ञ आदरणीय श्रीधर शर्माको दुःखद् निधनको खबरले स्तब्ध भएको छु”, उनले भने, “आफ्नो अनुभव र ज्ञान सधैँ अरुलाई हस्तान्तरण गरिरहने त्यो विलक्षण प्रतिभा आज अस्ताएको छ । नेकपा (एमाले)लाई अपूरणीय क्षति भएको छ ।”

राष्ट्रियसभाका सदस्य रामचन्द्र राईले नेता शर्माको निधनले आफूहरुलाई मर्माहत बनाएको बताए । स्व शर्माका आमा, दुई श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

शर्माको पार्थिव शरीर अन्तिम संस्कारका लागि आज राति हेटौँडा लगिने पारीवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ८ : ३० बजे

हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत गरिने, सार्वजनिक बिदाको दिन पनि सेवा

काठमाडौँ– हुलाकमार्फत विदेश पठाइने र विदेशबाट आयात भएका मालवस्तु जाँचपासका

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ ।

चन्द्रगढी महिला गोल्डकपको खेलतालिका सार्वजनिक

झापा– आगामी वैशाख ५ गतेदेखि हुने चन्द्रगढी महिला गोल्डकपको खेलतालिका

जिब्रो छेड्ने जात्रा : सुजनले चौथोपटक जिब्रो छेड्ने

भक्तपुर– भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २

‘स्टारडम’को आडमा अपराध : सबै बलात्कारी कि समय खराब ?

अभिनेता तथा चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’ लाई अमेरिका