पुराना वामपन्थी नेता शर्माको निधन « Khabarhub

पुराना वामपन्थी नेता शर्माको निधन


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मकवानपुरका पुराना वामपन्थी नेता तथा यातायातविज्ञ श्रीधर शर्माको निधन भएको छ । उनको सोमबार उपचारका क्रममा पाटन अस्पतालमा निधन भएको नेपाल कम्युनिष्ट पार्टी(एमाले) मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए । शिक्षक सङ्गठनका संस्थापकमध्ये एक शर्मा लामो समयदेखि रक्तअर्बुदरोगले ग्रसित थिए ।

एमाले नेता अनन्त पौडेलले नेता शर्माको निधनले नेपाली कम्युनिष्ट आन्दोलनलाई ठूलो क्षति पुगेको बताए । “शर्मा शिक्षक आन्दोलन, तत्कालीन नेकपा मालेको खुला मोर्चाका नेता तथा नेकपा मालेका भूमिगत नेताहरुलाई आश्रय दिने हेटौँडाका मुख्य आश्रयदाता हुनुहुन्थ्यो । नेकपा (एमाले)का नेता, नेपालको यातायात क्षेत्रका विज्ञ आदरणीय श्रीधर शर्माको दुःखद् निधनको खबरले स्तब्ध भएको छु”, उनले भने, “आफ्नो अनुभव र ज्ञान सधैँ अरुलाई हस्तान्तरण गरिरहने त्यो विलक्षण प्रतिभा आज अस्ताएको छ । नेकपा (एमाले)लाई अपूरणीय क्षति भएको छ ।”

राष्ट्रियसभाका सदस्य रामचन्द्र राईले नेता शर्माको निधनले आफूहरुलाई मर्माहत बनाएको बताए । स्व शर्माका आमा, दुई श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

शर्माको पार्थिव शरीर अन्तिम संस्कारका लागि आज राति हेटौँडा लगिने पारीवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ८ : ३० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु