विगत र अहिलेको अवस्थाबारे कोरोना संक्रमितको उपचारमा संलग्न डा. श्रेष्ठको अनुभव (भिडियोसहित) | Khabarhub Khabarhub

विगत र अहिलेको अवस्थाबारे कोरोना संक्रमितको उपचारमा संलग्न डा. श्रेष्ठको अनुभव (भिडियोसहित)


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाटन अस्पतालका डा. आशिष श्रेष्ठले गत वर्षको तुलनामा अहिले नेपालमा कोरोना संक्रमणको दर तीव्र बढिरहेको बताएका छन् ।

पाटन अस्पतालको कोभिड टिममा इमेर्जेन्सीको तर्फबाट संक्रमितहरुको उपचारमा संलग्न रहँदै आएका श्रेष्ठले पहिलेभन्दा अहिले कोरोना संक्रमणको अवस्था अलिकति भिन्न रहेको बताए ।

‘गतवर्ष कोभिड संक्रमितहरु विस्तारै–विस्तारै बढ्दै गएकोमा अहिले यो विगत २ हप्तामा एकदमै बढेको छ’, उनले भने, ‘पहिले हामी २–३ महिनाको अवधिमा जुन संक्रमण दरको अवस्थामा पुगेका थियौँ, अहिले यो दुई हप्तामै लगभग त्यही दरमा पुगेका छौँ ।’

उनले अहिले काठमाडौँ उपत्यकाका आईसीयूमा संक्रमितको संख्या भरिएको बताए ।

‘बिरामीको अवस्था हेर्दा अहिले अस्पताल आउने अधिकांश बिरामी सिकस्त भएपछि मात्र आउने गरेको पाइएको छ’, उनले भने ‘गत वर्ष कोभिड संक्रमण देखिएपछि अर्थात लाग्नासाथ नै अस्पताल आउथे, कुनै पनि लक्षण नभएकाहरु पनि आउने गरेकोमा अहिले लक्षणहरु भएको र अक्सिजन चाहिने अवस्थामा पुगेकाहरु धेरै अस्पताल आइपुग्ने गरेका छन् ।’

उनले अहिले लक्षण नदेखिएकाहरु घरमै बसेको भए पनि अस्पताल आउनेहरुमा ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने लगायतका लक्षण अधिकांशमा देखिएको बताए ।

उनले अहिले ४०,४५, ५० वर्ष उमेर समूहकाहरु समेत सिकिस्त भएर अस्पताल आउने गरेको बताए ।

‘गत वर्ष ६०–८० वर्ष उमेर समूहका संक्रमितहरु एकदमै सिकिस्त भएको पाइएको थियो । उनीहरुलाई आईसीयूमा लैजानुपर्ने अवस्था देखिन्थ्यो’, डा. श्रेष्ठले भने, ‘अहिले पहिलेभन्दा केही फरक भएर यो भन्दा कम उमेर समूहकाहरुमा संक्रमण दर बढी देखिएको छ यसको अर्थ अलिकति कम उमेर भएकाहरुमा समेत जोखिम बढेको छ ।’

उनले आफूहरु भयावह स्थितिमा अस्पतालभित्रै काम गरिरहेको अवस्थामा बाहिर निस्किँदा मानिसहरुले कोरोनाको जोखिमप्रति बेवास्ता गरेको जस्तो समेत पाइएको बताए ।

हेरौँ भिडियो

उनले भने, ‘हामी अस्पतालभित्र एउटा भयावह अवस्था देखिरहेका छौं, सोही अवस्थामा काम गरिरहेका छौं । अस्पतालको ढोका बाहिर जानासाथै अर्को दुनियाँ, अर्कै स्थिति, मान्छेले बेवास्ता गरेको हो कि जस्तो अनुभव समेत हामीले गरेका छौं ।’

उनले अहिले कोरनाको जोखिमा बढेको हुँदा कोरोनाको भ्याक्सिन लगाउने तथा नलगाउने सबैले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने बताए ।

‘सबैले स्वास्थ्य मन्त्रालयले भन्दै आएका स्वास्थ्य मापदण्डहरु अपनायौँ भने भोलिका दिनमा हामीले यो रोग फैलनबाट धेरै मात्रामा नियन्त्रणमा राख्न सक्छौँ’, उनले भने ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ८ : १८ बजे

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)

इलाममा सुहाङ नेम्वाङ विजयी

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार