नेपाली दूतावास साउदीका कर्मचारीलाई कोरोना संक्रमण « Khabarhub

नेपाली दूतावास साउदीका कर्मचारीलाई कोरोना संक्रमण


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- साउदीस्थित नेपाली दूतावासका एक जना कर्मचारीलाई

कोरोना संक्रमण भएको छ । दूतावासले विज्ञप्ति जारी गर्दै एक जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भौतिक उपस्थिति भएर लिनुपर्ने सेवा बन्द गरिएको हो ।

स्वास्थ्य सम्बन्धी मापदण्डहरूको पालना गर्दागर्दै पनि कर्मचारी कोभिड-१९ बाट संक्रमित भएको हुँदा सेवाग्राहीहरूको स्वास्थ्य सुरक्षा र सुविधालाई ध्यानमा राखी सेवाग्राही भौतिक रूपमा उपस्थित भई लिनुपर्ने राहदानी नवीकरण, कागजात प्रमाणीकरण तथा कागजात जारी सम्बन्धी सेवा तीन दिनका लागि बन्द गरिएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दूतावासले आजदेखि बिहीबारसम्मका लागि माथि उल्लेखित सेवा बन्द गरिएको जनाएको छ ।

यसअघिको सूचनामा राहदानी सेवाको लागि वैशाख २४ गते शुक्रबार सार्वजनिक विदाको दिन दूतावास खुल्ला रहने जानकारी गराइएकोमा सो दिन उक्त सेवा पनि बन्द रहने जनाएको छ ।

साथै, यसबाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति दूतावास क्षमाप्रार्थी रहेको सूचनामा भनेको छ ।

यस अवस्थामा अत्यावश्यक कामपरी दूतावासमा सम्पर्क गर्नुपरेमा दूतावासको ल्याण्डलाइन नं. ०११ ४६१११०८ मा बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म सम्पर्क गर्न र श्रमिकको समस्या तथा गुनासो लगायत अन्य नियमित कामसँग सम्बन्धित विषयमा कुरा गर्नुपरेमा सम्बन्धित कर्मचारीलाई सिधा सम्पर्क गर्न समेत अनुरोध छ ।

विषयसँग सम्बन्धित कर्मचारीको मोवाइल नं. (https://sa.nepalembassy.gov.np/embassy-of-nepal/) मा राखिएको छ । यसका अतिरिक्त दूतावासको हटलाइन नं. ०५५९३८९६०० र इमेल ठेगानाः [email protected] मार्फत् समेत आफ्नो समस्या राख्न सकिने जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  १० : ३० बजे

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँ घर वा

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २८ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २८ गते बुधबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २८ गते बुधबार सन् २०२६ अक्टोबर

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान