यौन क्षमता बढाउन उपयोगी अनार « Khabarhub

यौन क्षमता बढाउन उपयोगी अनार


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालमा अनारलाई बिरामी भेट्न जादाँ लगिने कोशेलीको रुपमा मानिन्छ । यसको कारण अनारमा पाइने बिभिन्न पोषक तत्व हुन् जसले प्राय रोगका बिरामीलाई लाभ गर्दछ ।

अनारको सेवन रोगमा मात्र उपयोगी छैन, यौन जीवन प्रभावकारी बनाउन पनि राम्रो मानिन्छ । दैनिक अनारको जुस सेवन गर्नेहरुमा यौन जीवन सन्तुष्ट रहने गर्दछ । भन्दा फरक नपर्ला अनारको जुसले भियाग्राको काम गर्दछ ।

एडिनबरास्थित क्विन मार्गारेट विश्वविद्यालयमा गरिएको अध्ययन अनुसार २१ वर्षदेखि ६४ वर्षसम्मका महिला र पुरुष गरी ५८ जनामा गरीएको अनुसन्धानमा अनारको जुस पिउनेहरुमा यौन क्षमता बढेको पाइएको थियो । अनारको जुस पिउँदा उनीहरुको टेस्टास्टेरोन हार्मोनको स्तरमा वृद्घि भएको पाइएको थियो ।

टेस्टास्टेरोन मुख्यतः पुरुष हार्मोन हो, जो युवकहरुमा यौन सम्बन्धी विकासकालागि जिम्मेवार हुन्छ । यो हार्मोन आंशिक रूपमा युवतीहरुमा समेत पाइन्छ । यसले उनीहरुको एड्रिनल ग्लान्ड र पाठेघरमा प्रभाव पार्ने गर्छ । साथै, उनीहरुको हाड र मांसपेशीलाई बलियो बनाउँछ ।

अनुसन्धान अनुसार, टेस्टास्टेरोन हर्मोन पुरुष र महिलामा यौनेच्छा जगाउन, तनावको स्तर घटाउन, राम्रो मुड बनाउन, स्मरण शक्ति बलियो पार्न र रोग प्रतिरोधी क्षमता बढाउन समेत सहयोगी हुन्छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ८ : ३३ बजे

आलु भित्र्याउँदै पनौतीका किसान (फोटो फिचर)

पनौती – काभ्रेको पनौती नगरपालिका–९ सुन्थान क्षेत्रका किसान यत्तिबेला आलु

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही – एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका किसान

कञ्चनपुर – कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी

दार्चुलामा आइतबार बिहानै भूकम्प

बैतडी- दार्चुलामा भूकम्प भएको छ। उक्त जिल्लाको घुसा आसपास केन्द्रविन्दु

हुल बाँधेर अस्पतालमा बिरामी भेट्न जानु कति उचित ?

बिरामी भएर अस्पताल भर्ना भएका परिवार, इष्टमित्र वा साथी भाइ