‘राधे’: सलमानको करियरकै छोटो फिल्म « Khabarhub

‘राधे’: सलमानको करियरकै छोटो फिल्म


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–अभिनेता सलमान खानको फिल्म ‘राधेः योर मस्ट वान्टेड भाइ’को रिलिज मिति नजिकिँदैछ । महंगो बजेटको यो फिल्मले कोभिडको महामारीका समयमा कस्तो व्यापार गर्ला भन्ने चासो फिल्मजगतमा छ ।

बलिउड हंगामा प्रकाशित समाचारअनुसार यो फिल्म थिएटरसँगै जीप्लेक्स डिजिटल प्लेटफममा एकसाथ रिलिज हुँदैछ । फिल्म मे १३ मा इदको अवसर पारेर रिलिज हुँदैछ ।

फिल्मले सेन्सर बोर्डबाट यूनिभर्सल/एडल्ट सर्टिफिकेट पाइसकेको छ । यो फिल्मको समयावधिका बारेमा एउटा नयाँ खबर बाहिर आएको छ । सलमानको ३० वर्षे बढी फिल्मी करियरमा सम्भवत यो फिल्म नै सर्वाधिक छोटो फिल्म हुनेछ ।

यसअघि सलमानका फिल्म दुई घण्टा माथिकै थिए । तर सलमानको ‘राधेः योर मस्ट वान्टेड भाइ’ ए सय १४ मिनेट अर्थात् एक घण्टा ५४ मिनेटको मात्र रहेको छ ।

फिल्ममा दिशा पाटनी, रणदीप हुड्डा र ज्याकी श्राफको पनि अभिनय छ । फिल्मका निर्देशक प्रभु देवा हुन् ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ११ : १५ बजे

एमबीएस परीक्षाको प्रश्नपत्र व्हाट्सएपमा सार्वजनिक गर्ने एक जना पक्राउ

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम

भारतीय जेलमा रहेका नेपाली किसानको रिहाइका लागि पहल गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले भारतको जेलमा रहेका दुई नेपाली किसानको

भारतले जिम्बाब्वेलाई दियो १९३ रनको लक्ष्य

काठमाडौं – युवा ब्याटर वैभव सूर्यवंशीको उत्कृष्ट ८१ रनको इनिङ्सको

कक्रोच आन्दोलनपछि भारतको राजनीति अब कता मोडिएला ?

काठमाडौं- भारतको राजनीतिमा विगत एक दशकभन्दा लामो समयदेखि प्रधानमन्त्री नरेन्द्र