दीपिकाको परिवारलाई नै कोरोना संक्रमण « Khabarhub

दीपिकाको परिवारलाई नै कोरोना संक्रमण


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री दीपिका पादुकोणको परिवार नै कोरोना संक्रमित भएका छन् ।

स्पटब्वाइमा प्रकाशित समाचारअनुसार दीपिकाको पिता प्रकाश पादुकोण, आमा उज्जला पादुकोण र बहिनी अनीशा पादुकोणलाई कोरोना संक्रमण भएको हो ।

प्रकाशका साथीका अनुसार दीपिकाको परिवारलाई १० दिन अघि नै कोरोना भाइरसको लक्षण देखिएको थियो । लक्षण देखिएपछि गरिएको परीक्षणमा उनीहरुलाई पोजेटिभ देखिएको हो ।

दीपिकाको पिता बेङलोरको एक अस्पतालमा भर्ना भएका छन् । उनी आगामी सातासम्म डिस्चार्ज हुनेछन् ।

‘करिब १० दिन अघि प्रकाश, उनकी पत्नी र छोरी अनीशालाई कोरोनाको लक्षण देखिएको थियो । त्यसपछि उनीहरुले स्वाब परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आयो । पोजेटिभ रिपोर्ट देखिएपछि उनीहरुले होम आइसोलेट गरे पनि प्रकाशमा ज्वरोको मात्रा बढेपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो’, प्रकाशका एक साथीले भनेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ५ : १० बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र